२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)द्दारा डोजर आतङ्क बन्द गर्न महानगरलाई चेतावनी

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)द्दारा डोजर आतङ्क बन्द गर्न महानगरलाई चेतावनी
जनसेवा न्युज डटकम संवाददाता

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले सुकुम्बासी बस्तीमा डोजर लगाउने कार्य तत्काल रोक्न माग गरेको छ । महानगरपालिकाको यो कदम संविधान तथा कानुन विपरीत र मानवअधिकार विरोधी भएको भन्दै महासंघले निन्दा तथा भर्त्सना समेत गरेको छ ।

महानगरपालिकाले मच्चाएको डोजर आतंकको विरुद्ध जनताले गरेको प्रतिरोध स्वाभाविक रहेको बताउँदै महासंघले भूमिहीन दलित, सकुम्बासी र अव्यवस्थित बसोबासीहरूको संघर्षमा ऐक्यबद्धता प्रकट गरेको छ । गरिब तथा निमुखा जनतामाथि डोजरको बलमा आतङ्क मच्चाउने र सुरक्षाकर्मीको बलमा दमन गर्ने दुस्साहस नगर्न महासंघले चेतावनीसमेत दिएको छ । फेरि पनि डोजर प्रयोग गरिएमा उत्पन्न परिस्थितिको जिम्मेवार काठमाडौँ महानगरपालिका स्वयं हुने चेतावनी महासंघको चेतावनी छ ।

यता देशभरका भूमिहीन दलित र भूमिहीन सुकुम्बासीहरूलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीहरूलाई व्यवस्थापन गर्ने प्रयोजनका लागि नेपाल सरकारले राष्ट्रिय भूमि आयोग गठन गरेको, त्यसका लागि राष्ट्रिय भूमि आयोग र काठमाडौँ महानगरपालिकाको बीचमा कार्यसहमति पत्रमा हस्ताक्षर गरी लगत संकलनसम्बन्धी सूचना प्रकाशन भइसकेको कुरा महासंघले स्मरण गराएको छ । ‘यस्तो अवस्थामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई निवेदन फाराम भराई लगत संकलन गर्ने, प्रमाणीकरण गर्ने र दस्तावेजीकरण गरी राष्ट्रिय भूमि आयोगमा सिफारिस गर्नुको सट्टा काठमाडौँ महानगरपालिकाले थापाथली क्षेत्रमा सुकुम्बासी वस्ती भत्काउन डोजर र सुरक्षाकर्मी लिएर पुग्नु भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको संविधानप्रदत्त अधिकार हनन् गर्ने, नागरिकहरूको मानव अधिकार उलंघन गर्ने, राष्ट्रिय भूमि आयोगको काममा बाधा पार्ने र सर्वसाधारणमाथि डोजर आतङ्क मच्चाउने खालको छ,’ अध्यक्ष चित्रबहादुर श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

माहासंघले महानगरपालिकाभरका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निवेदन फाराम भराई लगत संकलन गर्न र प्रमाणीकरण गराई आफ्ना नागरिकहरूको संविधानप्रदत्त अधिकार सुनिश्चित गराउन माग गरेको छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com