२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

पर्सामा ११८ जना उम्मेदवारको जमानत जफत

१६ मंसिर, वीरगञ्ज । मंसिर ४ मा सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा पर्सामा दुई महिला सहित ११८ जना उम्मेदवारको जमानत (धरौटी रकम) जफत भएको छ ।

प्रतिनिधि सभा सदस्यतर्फ ४२ र प्रदेश सभा सदस्यतर्फ ७६ जनाको जमानत जफत भएको हो ।

जमानत जोगाउन उम्मेदवारले आफ्नो क्षेत्रमा खसेको कूल सदर मतको कम्तिमा पनि १० प्रतिशत पाउनुपर्ने कानूनी प्रावधान छ । १० प्रतिशत मत ल्याउन नसक्ने उम्मेदवारको धरौटी रकम जफत हुन्छ ।

पर्साका ४ वटै क्षेत्रमा गरी प्रतिनिधिसभा सदस्य तर्फ ५३ जना उम्मेदवार रहेकोमा ४२ जना र आठ वटा प्रदेशसभा सदस्यतर्फ १०८ जना उम्मेदवार रहेकोमा ७६ जना उम्मेदवारको धरौटी रकम जफत भएको जिल्ला निर्वाचन कार्यालय पर्साकी प्रमुख जिल्ला निर्वाचन अधिकारी रन्जिता झाले जानकारी दिइन् ।

प्रतिनिधिसभातर्फ पर्सा क्षेत्र नम्बर १ बाट २१ जनाले उम्मेदवारी दिएकोमा लोसपाका उम्मेदवार लक्ष्मणलाल कर्णसहित १८ जना, क्षेत्र नम्बर २ बाट ११ जनाले उम्मेदवारी दिएकोमा ८ जना, क्षेत्र नम्बर ३ बाट ११ जनाको उम्मेदवारी परेकोमा ८ जना र क्षेत्र नम्बर ४ बाट १० जनाले उम्मेदवारी दिएकोमा ८ जनाको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय पर्साले जनाएको छ ।

त्यसैगरी प्रदेशसभातर्फ पर्सा १ (१) बाट १८ जनाले उम्मेदवारी दिएकोमा १३ जनाको,  १ को(२)बाट २० जनाले उम्मेदवारी दिएकोमा १६ जनाको जमानत  जफत भएको छ ।

त्यसैगरी क्षेत्र नम्बर २ को (१) मा ९ जनाले उम्मेदवारी दिएकोमा ७ जना, २ को २ मा १४ जनाले उम्मेदवारी दिएकोमा संघीय सरकारको पूर्व राज्यमन्त्री एवं निवर्तमान प्रदेशसभा सदस्य करिमा बेगम सहित १० जनाको धरौटी जफत भएको छ ।

क्षेत्र नम्बर ३ को १ मा १२ जनाले उम्मेदवारी दिएकोमा ६ जनाको, ३ को २ मा १४ जनाले उम्मेदवारी दिएकोमा १० जनाको, क्षेत्र नम्बर ४ को १ मा १० जनाले उम्मेदवारी दिएकोमा ७ जना र ४ को २ मा ११ जनाले उम्मेदवारी दिएकोमा माओवादी केन्द्रको नेतृ शेख चांद तारा सहित ९ जनाको जमानत जफत भएको छ ।

प्रतिनिधिसभा सदस्यतर्फ १० हजार र प्रदेशसभा सदस्यतर्फ ५ हजार उम्मेदवारी दर्ता शुल्क तोकिएको थियो । महिला, दलित, अल्पसंख्यकको हकमा भने दर्ता शुल्कमा ५० प्रतिशत छुट दिइएको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com