२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

तीन विधामा ०७९ सालको अन्तर्दृष्टि पुरस्कार घोषणा

तीन विधामा ०७९ सालको अन्तर्दृष्टि पुरस्कार घोषणा

जनसेवा न्युज डटकम संवाददाता

डा. कमल लामिछानेद्वारा ०७७ सालमा स्थापित ‘अन्तर्दृष्टि पुरस्कार’ ०७९ सालका लागि तीन विधामा घोषणा गरिएको छ । यस अन्तरगतमञ्जुसुवेदीलाई‘अन्तर्दृष्टिनमुनाशिक्षकपुरस्कार’दुर्गादेवीवाइबालाई‘अन्तर्दृष्टिहातेमालोपुरस्कार’ र अनिताभेटवाललाई‘अन्तर्दृष्टिप्रोत्साहनपत्रकारितापुरस्कार’ प्रदान गरिने भएको हो ।

मञ्जु सुवेदी बागमती प्रदेशस्थित ललितपुरको नमुना मच्छिन्द्र माध्यमिक विद्यालयमा अध्यापनरत छिन् । त्यस्तै दुर्गादेवी वाइबा बागमती प्रदेशस्थित काठमाडौँको पृथ्वीनारायण माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छिन् भने पत्रकार अनिता भेटवाल हिमालखबरमा कार्यरत छिन् । प्रमाणपत्रसहित ‘अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार’को रकम रु. २० हजार, ‘अन्तर्दृष्टि हातेमालो पुरस्कार’को रकम रु. १० हजार र ‘अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार’को रकम रु. १० हजार रहेको छ । यी सबै पुरस्कार आगामी वसन्तपञ्चमीका दिन प्रदान गरिनेछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com