२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

प्रहरीको मनोबल बढाउन सरकारले सहयोग गर्छ : गृहमन्त्री

प्रहरीको मनोबल बढाउन सरकारले सहयोग गर्छ : गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाँणले प्रहरीहरूको मनोबल वृद्धि गर्नका लागि सरकारले भरपूर सहयोग गर्ने बताएका छन् । नेपाल प्रहरी सिंहदरबार सुरक्षा गणका प्रहरी कर्मचारीसँग सामूहिक भोजनपछि आयोजित समारोहमा बोल्दै उनले प्रहरी अधिकृतहरूलाई पनि प्रहरीको मनोबल बढाउनका लागि आवश्यक कार्य गर्न निर्देशन दिए ।

भर्खरै सम्पन्न आम चुनावका सन्दर्भ होस् वा नियमित शान्ति, सुरक्षा तथा अपराध नियन्त्रणमा प्रहरीले आफ्नो जिम्मेवारी पूर्ण रुपमा निर्वाह गरेको भन्दै उनले प्रशंसा समेत गरे । मुलुकको शान्ति सुरक्षा तथा सुव्यवस्था कायम गर्न प्रहरीको भूमिका अब्बल रहेको उनको भनाइ थियो ।

गृहमन्त्री खाँणले कार्यालयमा रहेको प्रहरी ब्यारेक निरीक्षण गरेका थिए । उनले प्रहरीलाई उच्च मनोबलका साथ प्रविधिको समेत अधिकतम उपयोग गरी शान्ति, सुरक्षा र अपराध नियन्त्रणमा जुट्न निर्देशन समेत दिएका थिए ।रासस

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com