२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

अध्यक्ष प्रचण्ड र गृहमन्त्री खाणबीच भेटवार्ता

जनसेवा न्युज डटकम संवाददाता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री बालकृष्ण खाणबीच भेटवार्ता भएको छ । प्रचण्ड निवास खुमलटारमा भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल बताइएको छ ।
उनीहरूबीच पाँच दलीय गठबन्धनलाई निरन्तरता दिनेबारे छलफल भएको गृहमन्त्रालय स्रोतले बताएको छ ।

मंसिर ४ गते भएको निर्वाचनमा गठबन्धन गरेर निर्वाचनमा लडेका दलहरू पाँच वर्षसम्मै गठबन्धनकै माध्यमबाट मुलुकको विकास गर्न एकजुट भएर लाग्नेबारे कुराकानी भएको थियो ।  भेटमा प्रचण्डले शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउन गृहमन्त्रालयले खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com