२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

पेलेको स्वास्थ्यमा सुधार

पेलेको स्वास्थ्यमा सुधार

साउ पाउलोका डाक्टरहरूले अस्पतालमा पेलेको स्वास्थ्यमा सुधार आइरहेको बताएका छन् । ८२ वर्षीय ब्राजिलका महान् फुटबलर गत मंगलबार अस्पताल भर्ना भएका थिए । शनिबार मात्र उनले ‘धेरै आशासहित बलियो’ रहेको सन्देश दिएका थिए ।

किमोथेरापीले प्रतिक्रिया दिन छाडेपछि उनलाई ‘इन्ड अफ लाइफ केयर’ सुरु गर्न लागिएको रिपोर्टहरू सार्वजनिक भएपछि पेलेको तर्फबाट सो सन्देश जारी भएको थियो । सन् २०२०१ को सेप्टेम्बरमा ट्युमरको अपरेसन गरेपछि तीन पटकका विश्वकप विजेताको नियमित उपचार भइरहेको छ ।

‘बिरामीको अवस्थामा सकारात्मक सुधार भइरहेको छ, विशेष गरेर श्वासप्रश्वासको सङ्क्रमणमा,’ उनका डाक्टरहरूले जारी गरेका विज्ञप्तिमा भनिएको छ, ‘उनी स्टान्डर्ड रुममा रहेका छन् । उनको अवस्था स्थिर रहेको छ भने उनी होसमा रहेका छन् र नयाँ जटिलताहरू देखिएका छैनन् ।’एजेन्सी

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com