२०८१ बैशाख १२ - Wed Apr, 2024 -

Janasewa News

रामोस भन्छन्, सुरुवाती-११ मा पर्ने कुरा कल्पनामा पनि सोचेको थिइनँ

रामोस भन्छन्, सुरुवाती-११ मा पर्ने कुरा कल्पनामा पनि सोचेको थिइनँ

काठमाडौँ । पोर्चुगलका युवा खेलाडी गोनकालो रामोसले स्विट्जरल्याण्डविरुद्ध ह्याट्रिक पुरा गर्ने कुरा सपनामा पनि नसोचेको बताएका छन् । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत प्रि-क्वार्टरफाइनलमा पोर्चुगलले स्विट्जरल्याण्डलाई ६-१ ले पराजित गर्दा रामोसले ह्याट्रिक पुरा गरे ।

२१ वर्षीय रामोस पोर्चुगलका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको स्थानमा सुरुवाती-११ मा मैदान प्रवेश गरेका थिए । पहिलो पटक विश्वकप खेलिरहेका रामोसले १७, ५१ र ६७ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए ।

उनले आफू सुरुवाती-११ मा पर्ने कुरा सपनामा पनि नसोचेको तथा ह्याट्रिक पुरा गर्ने कुरा पनि कल्पनामा नरहेको बताएको आईएएनएसले जनाएको छ ।

उनले ३७ वर्षीय रोनाल्डो आफ्नो बाल्यकालको मनपर्ने खेलाडी रहेको समेत बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com