२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

स्टार फुटबलर रोनाल्डो : पहिले पाखा लगाइए, पछि रामोसको छायामा परे

स्टार फुटबलर रोनाल्डो : पहिले पाखा लगाइए, पछि रामोसको छायामा परे

एजेन्सी । पोर्चुगल र स्वीट्जरल्याण्डबीचको अन्तिम १६ को खेलमा पोर्चुगलका सुपरस्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई सब्टिच्युटमा राखिएपछि फुटबल जगतका पण्डितहरुले विभिन्न अनुमान गर्न थालेका थिए । तर सो खेलमा अधिकांश समय सब्टिच्युटको बेच्नमा रहेका रोनाल्डोबिनै पोर्चुगल टोलीले स्वीट्जरल्याण्डविरुद्ध ६–१ जित हासिल गर्यो ।

मंगलबारको खेलपछि पोर्चुगलका कोच र रोनाल्डोबीचको सम्बन्ध चिसिएको अनुमानलाई पोर्चुगलका प्रबन्धक फर्नान्डो सान्तोसको भनाइले ‘आगोमा घिउ थप्ने’ काम गर्यो ।

खेलपछि बोल्ने क्रममा फरनान्डो सान्दोषले विश्वकपका बाँकी खेलमा रोनाल्डोको भूमिका ‘परिभाषित’ हुनै बाँकी रहेको बताए ।

डिसेम्बर १० मा हुने क्वार्टरफाइनल खेलमा रोनाल्डोले मोरक्कोसँग खेल्ने हो कि भनेर सोझै सोध्दा,सान्तोसले उदारतापूर्वक जवाफ दिएः ‘रोनाल्डो निश्चित रूपमा सामिल हुनेछन् । बेन्चमा रहेका सबै खेलाडीहरूलाई खेलाइने सम्भावना रहन्छ । ’

सान्तोषले थप टिप्पणी गर्दै भने, ‘खेलाडीको इतिहासको उदाहरणमा ध्यान दिनु महत्त्वपूर्ण छ । उनी व्यावसायिक रूपमा खेल्ने फुटबलरमध्ये सबैभन्दा उत्कृष्ट खेलाडीमध्ये एक हुन् – तर अहिलेको समय हामीले यो टोलीको बारेमा सामूहिक रूपमा सोच्नु पर्छ ।’

तर स्वीससँगको खेलपछि रोनाल्डोले भने सामूहिकभन्दा एक्लै बाहिरिएर अलग छाप देखाए । खेल सुरु हुनुअघि कतार विश्वकपका रंगशालाहरुमध्ये सबैभन्दा ठूलो रंगशाला लसेलमा उपस्थित ८९ हजार दर्शकले ‘रोनाल्डो१ रोनाल्डो १’ नाममा हुटिङ गरेका थिए । तर रोनाल्डो सब्टीच्युटमा रहेको देखिएपछि फ्यानहरूमा हतासको आवाज आएको थियो ।

पोर्चुगल क्वार्टरफाइनलमा पुगेको खेलमा धेरै ढिलो गरी बेन्चबाट मैदानमा आएका थिए,रोनाल्डो । रोनाल्डोको स्थानमा खेलाइएका २१ वर्षीय गोन्कालो रामोसले पहिलो पूर्ण डेब्युमा ह्याट्रिक गरे,जुन यस विश्वकपकै पहिलो ह्याट्रिक पनि हो ।

खेलको अन्त्यमा ३७ वर्षीय रोनाल्डोले मिडफिल्डमा रामोसलाई बधाई दिए र त्यसपछि पोर्चुगलको फ्यान रहेको खण्डतर्फ हिँडेर गएर छोटो समयको लागि ताली बजाए । तर,पोर्चुगलका बाँकी टोलीले फ्यानहरुको आदर ग्रहण गरिरहँदा रोनाल्डो आफ्नो टोलीका साथीहरूलाई छोडेर एक्लै रंगशालामुनीको सुरुङमा हराए । सायद त्यहाँ उनी आफ्नो आगामी करियर अब कता जान्छ भनेर सोच्दै थिए ।

विश्वकपको बीचमा म्यानचेस्टर युनाइटेड छाडेपछि उनी हाल क्लबविहीन छन् भने आगामी क्वार्टरफाइनल खेलमा उनको स्थान पक्का देखिँदैन । खेलपछिको अन्तर्वार्तामा रोनाल्डो हाँसिमात्र रहे । त्यहाँ उनले केवल एउटा प्रश्नको जवाफ दिएः के उनी खुसी छन् रु

‘अवश्य ,अवश्य,’ सुपरस्टार फूटबलरले मुस्कुराउदै भने ,‘पोर्चुगल जितेको छ ।’ तर पोर्चुगल क्याम्पभित्र यो सबै कुरा यति सुखद छैन । एउटा भारतीय खेलकुद पत्रिकाका लेखकले यस विषयमा टिप्पणी गदै लेखेका छन्, ‘के एक जनाको अनुपस्थितिले टोलीलाई झन् राम्रो बनाउन सक्छ रुयसको जवाफ क्रिस्टियानो रोनाल्डोका फ्यानहरूका लागि सुखद नहुन सक्छ ।’

‘ती समस्या समाधान भइसकेका छन्’

पोर्चुगलका प्रबन्धक सान्तोसले रोनाल्डोलाई स्वीट्जरल्याण्डको खेलमा बेन्चमा राख्नुभन्दा एक दिनअघि उनीप्रति निराशा व्यक्त गरेका थिए ।

सान्तोसले यो निर्णय रणनीतिक भएको अनुशासनात्मक नभएको बताएका छन् । तर समूह खेलको फाइनलमा दक्षिण कोरियासँग २–१ ले पराजित भएपछि रोनाल्डोको कमजोर मनोवृत्तिबाट आफू चिन्तित भएको उनले सोमबार स्वीकार गरेका थिए ।

‘मलाई लाग्छ कि ती समस्या समाधान भइसकेका छन् । मैले यो मेरो अघिल्लो प्रेस सम्मेलनमा पनि भनेँ र अहिले फेरि दोहोर्याउँछु– यो समाधान भइसकेको छ,’ सान्तोसले भने, ‘रोनाल्डोसँग मेरो धेरै नजिकको सम्बन्ध छ । मैले उनलाई १९ वर्षको उमेरदेखि खेलकुदमा चिनेको छु । म सधैँ रोनाल्डोलाई टोलीबाट छुटाउन नहुने धेरै महत्वपूर्ण खेलाडी मान्छु ।’

मङ्गलबार रोनाल्डोलाई पहिलो लाइनअपबाट हटाएर सान्तोसले तीन साताअघि मात्रै अन्तर्राष्ट्रिय डेब्यू गरेका थोरैले मात्र चिनेका रामोसलाई फरवार्डमा राखे । र त्यसको परिणाम निक्कै सुखद रह्यो ।

खेलको १७ औं मिनेटमा रामोसले आफ्नो चौथो टचमा गोल गर्दै पोर्चुगललाई १–० को अग्रता दिलाए । त्यसपछि ५१ औं र ६७ औं मिनेटमा गोल थपे ।

‘नकआउट चरणमा राष्ट्रिय टोलीको प्रारम्भिक टोलीको हिस्सा बनौला भनेर मैले सपनामा पनि सोचेको थिइनँ,’ रामोसले ‘प्लेयर अफ द म्याच’ घोषित भएपछि अनुवादकमार्फत भने ।

ती तीन गोलहरूले तुरुन्तै रामोसलाई अन्तर्राष्ट्रिय फुटबलको सबैभन्दा लोकप्रिय सम्भावनामध्ये एक बनायो,यद्यपि धेरैले मंगलबारअघि उनको नाम पनि सुनेका थिएनन् । यसले रोनाल्डोको लागि सबै कुरा परिवर्तन गरिदिएको छ ।

खेलपछि रामोसको बारेमा टिप्पणी गर्दै पोर्चुगलका मिडफिल्डर ब्रुनो फर्नान्डिसले भने, ‘विश्वका अधिकांश मानिसहरूले आजसम्म उनको बारेमा कहिल्यै सुनेका थिएनन् ।’

फर्नान्डिस रोनाल्डो बेन्चमा राखिएको असन्तुष्ट रहेको संकेत गर्ने पोर्चुगल टोलीका एक मात्र सदस्य थिए ।

‘हामीले क्रिस्टियानोसँग रहेर पहिलो दुई खेल जित्यौं,र हुन सक्छ क्रिस्टियानो खेलेका भए उनले पनि तीन गोल गर्न सक्थे । क्रिस्टियानो बेन्चमा भएको बारे कसैले बोल्दैन,’ फर्नान्डिसले खेलपछि भने ।

‘क्रिस्टियानो खेल्दा टोलीले जित्दा,कसैले यस बारेमा बोल्दैनन् तर क्रिस्टियानो खेलेको समयमा टोली हार्दा सबैले कुरा गर्छन् ,’ उनले भने।

फर्नान्डिसले रोनाल्डोलाई संसारकै सबैभन्दा चर्चित खेलाडी भन्दै फुटबलमा मात्र होइन समग्र खेलकुदमै क्रिस्टियानो भन्दा प्रसिद्ध कोही नरहेको बताए । रामोस सुरुआती पंक्तिमा रहेको बारे प्रतिक्रिया सोध्दा,उनले रक्षात्मक रूपमा प्रश्नलाई रोनाल्डोतर्फ फर्काए ।

‘के तपाईलाई बेन्चमा बस्न मन पर्छ रुमलाई लाग्दैन कि क्रिस्टियानो खुसी हुनेछन् । यदि कोचले मलाई अर्को खेलमा बेन्चमा राखे भने म रिसाउनेछु ,’ फर्नाीन्डसले भने ।​ रोनाल्डोले खेलअघि उनीसँग कुरा गरे कि भनेर सोध्दा रामोसले खेलाडीहरूबीच बेन्चमा रहने विषय नआएको बताए ।

अब शनिबार मोरक्कोविरुद्धको महत्वपूर्ण क्वार्टरफाइनल खेलमा सान्तोसले रामोसलाई नै खेलाउलान् कि पुरुष अन्तर्राष्ट्रिय फुटबलका शीर्ष गोलकर्ता तथा फुटबल इतिहासका महान खेलाडीमध्ये एक रोनाल्डोलाई पुनःस्थापना गर्लान् रुसान्तोसको छनोटलाई धेरैले एउटा उदाउँदो स्टार र अर्को खिइँदै गएको स्टारको भविष्यको संकेतको रुपमा नजिकबाट हेरिनेछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com