२०८१ बैशाख ६ - Thu Apr, 2024 -

Janasewa News

को हुन् क्रोएसियाका हिरो डोमिनिक लिभाकोभिच ?

डोमिनिक लिभाकोभिचले उत्कृष्ट प्रदर्शन गर्दै ब्राजिललाई निराश बनाए र क्रोएसियालाई पेनाल्टी सुटआउटमा जिताउँदै विश्वकपको सेमिफाइनलमा पुर्‍याए । मैदानमा नेयमार, भिनिसियस जुनियर, लुका मोड्रिक र इभान पेरिसिक जस्ता चर्चित स्टारको उपस्थिति भएता पनि २७ वर्षका सटस्टपर नै उत्कृष्ट ठहरिए ।

९० मिनेटमा डिनामो जाग्रेब किपरले नेयमारलाई चार पटक, लुकास पाकेटालाई दुई पटक र भिनिसियस र एन्टोनीलाई एक–एक पटक रोक्दै आफ्नो टोलीलाई खेलमा कायम राख्न मद्दत गरे ।

अतिरिक्त समयमा पनि उनी बलियो रहे, तर, उनी र उनको टोलीले धेरै समयसम्म टिक्न सकेनन्, नेयमारले गोल गरेपछि अतिरिक्त समयको पहिलो हाफको अन्त्यमा ब्राजिलले अग्रता लिएको थियो। क्रोएसियाले दोस्रो हाफमा गोल फर्कायो र लिभाकोभिचले क्रोएसियालाई खेलमा जीवन्त राख्दै पेनाल्टीसम्म पुर्‍याए । १२० मिनेटमा उनले अविश्वसनीय ११ पटक सेभ गरे, जबकि ब्राजिलका गोलकिपर एलिसनले कुनै पनि बचाउ गरेनन्।

उनले आफ्नो उत्कृष्ट प्रदर्शन पेनाल्टी सुटआउटमा जारी राखे । उनले ब्राजिलको पहिलो प्रयासलाई बचाउँदै क्रोएसियालाई अग्रता दिलाए र मार्क्विनहोसले अन्तिम स्पट किक पोस्टमा प्रहार गरेपछि क्रोएसिया विजयी भयो।

लिभाकोभिच एनके जाग्रेब युवा एकेडेमी मार्फत आएका हुन् र आफ्नो चार वर्षमा पहिलो टोलीमा नाम कमाए। उनलाई चाँडै २०१५ मा क्रोएशियाई दिग्गज दिनामो जाग्रेबले अनुबन्धन गर्‍यो । सुरुमा आफ्नो छिमेकी क्लबलाई ऋणमा फिर्ता गरिए पनि  २०१६ मा फर्केर पहिलो रोजाई गोलकिपर बने ।

अर्को वर्ष जनवरीमा, उनले क्रोएसियाबाट आफ्नो सिनियर डेब्यु गरे, तर सन् २०१९ सम्म उनले राष्ट्रिय टोलीका लागि नियमित खेल्न भने पाएनन्। उनले डिनामोका लागि २ सय ६२ र क्रोएसियाका लागि ३९ खेल खेलिसकेका छन्।

ब्राजिलविरुद्धको खेल उनले विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेको  पहिलो खेल होइन। उनी जापानलाई पेनाल्टीमा हरारउँदा पनि क्रोएसियाका लागि नायक थिए । पेनाल्टी सुटआउटमा उनले तीन बचाउ गरे – विश्वकपमा त्यसो गर्ने उनी मात्र तेस्रो गोलकिपर हुन्।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com