२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

राप्रपाले निर्वाचन आयोगमा बुझायो २४ समानुपातिक सांसदको सूची

जनसेवा न्युज डटकम संवाददाता

राप्रपाले समनुपातिकतर्फका २४ सांसदको सूची निर्वाचन आयोगमा बुझाएको छ । पार्टी केन्द्रीय कार्यसम्पादिन समितिको बैठकले दिएको जिम्मेवारी अनुसार अध्यक्ष राजेन्द् लिङ्देनले सूची निर्वाचन आयोगमा पठाएका हुन् ।

केन्द्रीय कार्यासम्पादन समितिको बैठकमा समानुपातिकका केही नाममा विवाद भएपछि सबै टुंगो लगाएर सूची पठाउने जिम्मेवारी लिङ्देनलाई दिएको थियो । सोहीअनुसार नेताहरुसँग परामर्शमा लिङ्देनले आयोगमा सूची पठाएको प्रवक्ता मोहन श्रेष्ठले बताए । तर, सूचीमा प्रतिनिधिसभातर्फ पूर्व अध्यक्ष पशुपति शमशेर राणाको नाम रहेको निश्चित भएपनि अन्यको विषयमा भने खुलाएको छैन ।

विशेषगरी प्रतिनिधिसभातर्फ २ पुरुषतर्फका २ सिटमा राणाको नाम अनुमोदन भएपनि पूर्वअध्यक्ष डा प्रकाश चन्द्र लोहनी रहने कि उपाध्यक्ष बुद्धिमान तामाङ रहने भन्ने विषयमा विवाद देखिएको नेताहरूको भनाइ छ । अन्य समानुपातिक नाममा पनि आकांक्षी धेरै भएपछि सूची गोप्य राखेर आयोगमा पत्राचार भएको बताइएको छ ।

राप्रपाले प्रतिनिधिसभातर्फ ७, प्रदेश १ मा ४, मधेसमा १, बागमतीमा ६, गण्डकीमा २, लुम्बिनीमा २, कर्णालीमा १ र सुदूरपश्चिम प्रदेशमा १ जना समानुपातिक सांसद छानेको हो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com