२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

महासंघद्वारा पत्रकारमाथि भएका दुर्व्यवहारप्रति विरोध

समाचार सङ्कलनका क्रममा बाँके र चितवनका पत्रकारमाथि भएको दुर्व्यवहार, हातपात र धम्कीका घटनाप्रति नेपाल पत्रकार महासङ्घले विरोध जनाएको छ । महासङ्घ बाँके शाखाका अनुसार मङ्सिर २४ गते शनिबार नेपालगञ्ज म्याराथनको रिपोर्टिङका लागि पुगेका शाखाका पूर्वाध्यक्ष रुद्र सुवेदीसहित खम्ब पुन, रवीन्द्र घिमिरे जावेद हल्वाई, गौरव गिरी लगायतका पत्रकारमाथि आयोजक क्रियटिभ ह्यान्ड्सका सौगात विक्रम लगायतले दुर्व्यवहार गरेका थिए ।

त्यस्तैगरी महासङ्घका अनुसार मङ्सिर २५ गते आइतबार महासङ्घ बाँके शाखाका सहसचिव एवं राप्तीसोनारी खबर डटकमका सम्पादक हेमन्त चौधरीलाई राप्तीसोनारी गाउँपालिका–४ स्थित जानकी सामुदायिक वन उपभोक्ता समितिको भवन परिसरमा आयोजित साधारणसभामा सिक्टा सब डिभिजन वन कार्यालयका प्रमुख सुनील आचार्यले सार्वजनिक रूपमा दुर्व्यवहार गर्दै ‘ठीक गरिदिने’ धम्की दिएको बाँके शाखाले जनाएको छ ।

त्यसैगरी महासङ्घ चितवन शाखाका कोषाध्यक्ष राजेन्द्र आचार्यलाई मङ्सिर २५ गते आइतबार नै नारायणगढको क्याम्पाचौरमा भएको साङ्गीतिक कार्यक्रमको समाचार सङ्कलनका क्रममा कार्यक्रमको जिम्मा लिएको गढी सेक्युरिटीका सुरक्षाकर्मीबाट हातपात भएको शाखाले जनाएको छ । नागरिकलाई सुसूचित गराउने संवैधानिक दायित्व निर्वाहमा जुटेका पत्रकारमाथि भएको दुर्व्यवहार, हातपात र धम्कीका घटना प्रेस स्वतन्त्रता विरोधी हर्कत भएको महासङ्घको भनाइ छ ।

“महासङ्घ प्रेस स्वतन्त्रताविरोधी यस्ता कार्यको कडा शब्दमा भर्त्सना गर्दछ, घटनामा संलग्न जो कोही भए पनि कानुनी दायरा ल्याउन र पत्रकारलाई निर्बाध र निर्भीक रूपमा काम गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग माग गर्दछ”, विज्ञप्तिमा भनिएको छ ।रासस

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com