२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

‘सरकारले निजी क्षेत्रलाई छुट्टै बुझ्छ’ भन्ने सोचबाट मुक्त हुनुस् : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले निजी क्षेत्रहरुले सरकारले आफूलाई छुट्टै बुझ्छ भन्ने सोचबाट मुक्त हुनुपर्ने बताएका छन् । बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १३ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सरकार र निजी क्षेत्र एकअर्काका परिपूरक भएकाले सरकारले निजी क्षेत्रलाई छुट्टै बुझ्ने नगरेको स्पष्ट पारे । उनले निजी क्षेत्रलाई सरकारले आर्थिक विकासको महत्वपूर्ण पाटोको रुपमा सोचेको बताए । अर्थमन्त्री शर्माले नीतिमा नै सरकार र निजी क्षेत्र बीचको सम्बन्धका बारेमा उल्लेख गरिएको भन्दै तत्काल परेका समस्याहरुमा समाधानका लागि छलफल गर्न सरकार तयार रहेको बताए । उनले मयानुसारको नीतिहरुको निर्माण गर्दै जान र नीतिहरु निर्माणमा लचकता अपनाउन सरकार तयार रहेको बताए ।

उनले भने, ‘सरकारले निजी क्षेत्रले हामीलाई छुट्टै बुझ्छन् भन्ने सोच्नुभएको छ, त्यो होइन । त्यो बुझाइबाट अन्त्य हुन म आग्रह गर्छु । त्यो बुझाइ बिल्कुल छैन । हामीलाई अलग्गै हेर्नुपर्छ भन्न खोजेको हो भने छुट्टै कुरा हो । नत्र निजी क्षेत्रलाई सरकारले आर्थिक विकासको महत्वपूर्ण पाटो भन्ने सोचेको छ ।’

उनले थपे, ‘नीतिमा पनि यो स्पष्ट व्यवस्था छ । हामीले फरक बुझेकै छैन । तत्काल परेका समस्याहरु खुला छौँ, छलफल गर्छौं, सुधार गर्नुपर्ने कुरामा सुधार गर्न तयार छौँ । समयानुसारको नीतिहरुको निर्माण गर्दै जानुपर्छ । नीतिहरु निर्माणमा लचकता हुनुपर्छ, सरकार लचकता अपनाउने कुरामा दृढ छ ।’

अर्थमन्त्री शर्माले तिब्र आर्थिक विकासको जन चाहना आवश्यक्ता रहेको बताए । उनले अर्थतन्त्रलाई गुणात्मक रुपले विकास गर्नु चलायमान बनाउने चुनौती रहेपनि सरकार त्यसमा लागिपरेको बताए । उनले अर्थतन्त्रमा आउने समस्या र चुनौती आन्तरिक मात्र नभएको बताए । उनले अन्तर्राष्ट्रिय प्रभावका कारण पनि अर्थतन्त्रमा संकुचन भएको बताए ।

उनले उत्पादनलाई अझ बढी बिस्तार गरी निर्यातमुखी अर्थतन्त्रमा देशलाई लैजानुपर्ने बताए । अर्थमन्त्री शर्माले निर्यात गर्ने सबै वस्तुको उत्पादनमा प्राथमिकता दिन जरुरी रहेको पनि बताए । उनले नीति निर्माण राम्रा भएपनि नीतिहरुलाई परिणाममा लैजान कार्यान्वयन क्षमता नै आजको मुख्य आवश्यक्ता रहेको बताए । उनले नेपालको आर्थिक अवस्थालाई हेरेर उत्पादनमुखी अर्थतन्त्रमा जोड दिइरहेको बताए ।

उनले भने, ‘आज तीब्र आर्थिक विकासको जन चाहना र संवैधानिक आवश्यक्ता छ । कार्यान्वयन क्षमताको बीचमा अन्तरबिरोध रहेको छ । त्यसलाई समाधान गर्ने अर्थतन्त्रलाई गुणात्मक रुपले विकास गर्नु चलायमान बनाउनु हो । राष्ट्रिय रुपमा उत्पादनको आज जो आवश्यक्ता छ, उत्पादनको आवश्यक्ता र आयात प्रतिस्थापनबीचको योजनाको महत्व बोध गर्ने र गराउने कुरा आजको आवश्यक्ता हो ।’

उनले फेरि भने, ‘यो कुरालाई स्थापित गर्नुपर्छ । आयात भइरहेको छ तर उत्पादनमुखी अर्थतन्त्रको आवश्यक्ताको बोध अझै भइरहेको छैन । जसका कारण हाम्रा धेरै श्रोत, साधनहरु प्रयोगबिहीन अवस्थामा छन् । त्यसको पूर्ण सञ्चालन हुन सकिरहेको छैन । नीति निर्माण राम्रा भएपनि त्यस नीतिहरु परिणाममा फेर्नका लागि कार्यान्वयन क्षमता नै आजको मुख्य आवश्यक्ता हो ।’

उनले थपे, ‘त्यतातिर छलफल र बहस कम भएको छ । उत्पादनमुखी अर्थतन्त्रको नीतिगत रुपमा समस्या छैन, हामीले पछिल्लो परिस्थितिको नेपालको आर्थिक अवस्थालाई हेरेर उत्पादनमुखी अर्थतन्त्रमा जोड दिइरहेका छौँ । निर्यात गर्नसक्ने वस्तुहरुको प्राथमीकीकरण गरेर अघि बढ्न जरुरी छ ।’

मन्त्री शर्माले निर्यात गर्नसक्ने वस्तुहरुको प्राथमीकीकरण गरेर अघि बढ्न जरुरी रहेको बताए । उनले सरकारी संरचनालाई गतिशील, पारदर्शी र क्षमतायुक्त बनाउन आवश्यक रहेको पनि बता

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com