२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

अध्यादेश रोक्न षड्यन्त्र भएको भन्दै विप्लव नेतृत्वको नेकपा ले घोषणा गर्‍यो देशव्यापी संघर्षका कार्यक्रम

काठमाडौं । सरकारले ल्याएको अध्यादेश रोक्न खोजेको भन्दै नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपाले देशव्यापी आन्दोलनको घोषणा गरेको छ । सरकारले ल्याएको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले रोक्न खोजेको भन्दै नेकपाले आन्दोलनको घोषणा गरेको हो ।

सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयका लागि ल्याइएको अध्यादेश रोक्ने षड्यन्त्र भएपछि संघर्षको कार्यक्रम घोषणा गरेको नेकपा प्रवक्ता खड्कप्रसाद विश्वकर्मा (प्रकाण्ड)ले बताए ।

नेकपाले पवुस १ गते देशव्यापी रुपमा गाउँदेखि शहरसम्म प्रदर्शन, २ गते देशव्यापी रुपमा कोणसभा, ३ गते देशव्यापी सदरमुकाम र मुख्य शहरमा अन्तक्रिया, ४ गते साँझ देशव्यापी मसाल जुलुस र ५ गते बिहान १० बजेदेखि ११ बजेसम्म चक्काजाम गर्ने उनले बताए ।

सरकारले ल्याएको अध्यादेश अहिले शितलनिवासमा पुगेर रोकिएको छ। त्यसको चौतर्फि विरोध भइरहेको छ ।

अध्यादेश जारी भएपछि विप्लवसहित सिके राउत, रेशम चौधरीलगायतका व्यक्तिहरूले नेतृत्व गरेका राजनीतिक समूहका नेता कार्यकर्तालाई रिहा गर्न बाटो खुल्छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com