२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

स्पेनिस क्लव काथेरेन्यो एफसीसँग नेपालका दुई टिमले मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौँ । स्पेनिस फुटबल क्लव काथेरेन्यो एफसी मैत्रीपूर्ण खेलका लागि नेपाल आउने भएको छ । बिहीवार लुम्बिनी गार्डेन फाउण्डेसनले पत्रकार सम्मेलन गर्दै यसको बारेमा जानकारी गराएको हो । काथेरेन्यो एफसीले नेपालमा दुई वटा मैत्रीपूर्ण खेल खेल्नेछ । काथेरेन्यो स्पेनको दोस्रो डिभिजनको लिग खेलिरहेको क्लव पनि हो ।

स्पेनिस क्लवले नेपाल भ्रमणका क्रममा पुस १३ गते पोखरा रंगशालामा गण्डकी–११ सँग मैत्रीपूर्ण खेल खेल्नेछ । गण्डकी ११ को कप्तानी राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङले गर्नुहुनेछ । गण्डकी ११ को प्रशिक्षण राजेन्द्र तामाङले गर्नुहुनेछ । त्यस्तै पुस १४ गते काठमाडौंको दशरथ रंगशालामा काठमाडौं–११ सँग प्रतिष्पर्धा गर्नेछ । काठमाडौं ११ को कप्तानी राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान विराज महर्जनले गर्नुहुनेछ ।

काठमाडौं ११ को प्रशिक्षण मेघराज केसीले गर्नुहुनेछ । स्पेनीस क्लव काथेरेन्योसँग स्पेनका पूर्व राष्ट्रिय खेलाडीसहित ला लिगा फुटबल क्लव रियल मड्रिड, बार्सिलोना र एथलेटिको मड्रिड जस्ता ठूला क्लवमा खेलेका अनुभवी खेलाडीहरु रहेका छन् ।

नेपालमा फुटबलको विकास तथा पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने लक्ष्यसहित मैत्रीपूर्ण खेलको आयोजना गरिएको आयोजकले जनाएको छ ।

काथेरेन्योले काठमाडौं र पोखरामा एक÷एक मैत्रीपूर्ण खेल खेल्नेछ । अखिल नेपाल फुटबल संघ (एन्फा), कास्की जिल्ला फुटबलसँगको सहकार्यमा ‘शान्तिका लागि फुटबल’ भन्ने नारासहित आयोजनामा हुन लागेको मैत्रीपूर्ण खेल पुस १३ र १४ गते हुनेछ । नेपाल भ्रमण गर्ने स्पेनिस टोलीमा स्पेनको राष्ट्रिय टोलीबाट खेलिसकेका म्यानुयल सान्चेज डेल्गाडो (मोनोलो) पनि हुनुहुन्छ । विश्वकप १९९० मा मोनोलो स्पेनिस टिमको मुख्य खेलाडी हुनुहुन्थ्यो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com