२०८१ बैशाख ६ - Thu Apr, 2024 -

Janasewa News

पहिलो जितको खोजीमा नेपाल

काभा यू–२३ पुरुष भलिबल च्याम्पियनसिपमा दोस्रो खेलमा नेपालले आज (शुक्रबार) श्रीलंकासँग खेल्दैछ । शहीद सुहरावर्दी इनडोर स्टेडियम हुने खेल नेपाली समय अनुसार दिउँसो २ः४५ मा सुरु हुनेछ । पहिलो खेलमा आयोजक बंगलादेशलाई हार ब्यहोर्येको नेपाली टोली आजको खेलमा जित निकाल्ने योजनामा छ ।

नेपाल पहिलो खेलमा सोझो सेटमा पराजित भएको थियो । त्यसैले आजको खेलमा जित निकाल्दै नेपाल आफूलाई बलियो बनाउने योजनामा हुनेछ । नेपाली टोलीका मुख्य प्रशिक्षक जगदिश भट्टले आजको खेलमा जित निकाल्ने लक्ष्य भएको बताए ।

पहिलो खेलमा जित नजिक पुग्दा पनि केही गल्तीले गर्दा हार्न पुगेको भएपनि अजाको खेलमा त्यस्तो गल्ती नहुने बताए । यता श्रीलंका पनि आजको खेलमा पहिलो जित निकाल्ने योजनामा छ । श्रीलंका पहिलो खेलमा कीर्गिस्थनसँग सोझो सेटमा पराजित भएको थियो ।

आज नै हुने अर्काे खेलमा बंगलादेश र कीर्गिस्थानले प्रतिस्पर्धा गर्ने छन् । नेपालले च्याम्पियनसिपको पुष ९ गते लिग चरणको अन्तिम खेलमा किर्गिस्तानसँग खेल्नेछ । प्रतियोगितामा आयोजक बंगलादेशसँगै कीर्गिस्थान, नेपाल र श्रीलंकाको सहभागिता छ । प्रतियोगितामा चार टोलीको मात्र सहभागिता भएकोले चारै टोली यसअघि नै सेमिफाइनलमा पुगि सकेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com