२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

प्रचण्ड मनाउन प्रकाशमान, देउवा मनाउन जनार्दन सक्रिय

प्रचण्ड मनाउन प्रकाशमान, देउवा मनाउन जनार्दन सक्रिय

जनसेवा न्युज डटकम संवाददाता

सत्ता गठबन्धनबाटै सरकार बनाउने विषयमा समझदारी भएपछि पहिलो कार्यकाल प्रधानमन्त्री को हुने भन्ने विषयमा रस्साकस्सी सुरु भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका प्रचण्डबीच आलोपालो प्रधानमन्त्री हुने समझदारी भइसकेको छ ।

पहिलो चरणमा देउवा हुने कि प्रचण्ड हुने भन्ने विषयमा समझदारी हुन नसक्दा टुंगो लाग्न सकेको हो । प्रचण्डलाई फकाउन कांग्रेस नेता प्रकाशमान सिंह र देउवालाई फकाउन अर्थमन्त्री जनार्दन शर्मा सक्रिय भएका छन् । पहिलो चरणमा देउवालाई प्रधानमन्त्री हुन सहयोग गर्न प्रकाशमान सक्रिय भएर लागेका छन् । सिंहले प्रचण्डलाई शुक्रबार बिहान खुमलटारमै भेटेर देउवालाई पहिलो चरणमै प्रधानमन्त्री बनाउन सहयोग गर्न आग्रह गरेका हुन । बरु पछिल्लो तीन वर्ष सरकारको नेतृत्व गर्नेगरी तयार हुन प्रचण्डलाई सिंहले आग्रह गरेको खुमलटार स्रोतले जनाएको छ । ‘देउवाजी उमेरले धेरै भइसक्नुभयो । पहिलो कार्यकाल उहाँलाई छोड्नुपर्यो । त्यसपछिका तीन वर्ष तपाईँले चलाउनुहोला’ प्रकाशमानको भनाई उदृत गर्दै खुमलटार स्रोतले भन्यो ।

तर, प्रचण्ड भने पहिलो चरणमै प्रधानमन्त्री हुनुपर्ने अडानमै भएको बताइएको छ । पहिलो चरणमै प्रधानमन्त्री नभएपछि हुन गाह्रो हुने प्रचण्डको बुझाई छ । त्यसैले देउवा मनाउन जनार्दन सक्रिय भई लागेका छन् । खुमलटारमा प्रचण्डलाई भेटेर जनार्दन देउवालाई भेट्न भर्खरै बालुवाटार पुगेका छन् । प्रचण्डलाई भेटेर फर्किएका प्रकाशमान र जनार्दनसहितका नेताहरू अहिले बालुवाटारमा छलफल गरिरहेका छन् ।

अहिले प्रधानमन्त्रीसँगको छलफलमा भएकोले धेरै भन्न नमिल्ने कांग्रेस उपभापति पूर्णबहादुर खड्काले पुष्टि गरे । सबै विषय प्याकेजमै टुंगो लगाउने गरी समझदारी बनाएर जाने खड्काको भनाई छ । आज बेलुकासम्म प्याकेजमै समझदारी बनाएर जाने नेताहरूले बताएका छन् । शनिबार बेलुकासम्म राष्ट्रपतिले बहुमतको सरकार गठन गर्न आह्वान गरेकी छिन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com