२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

डा. सिके राउतको ध्यान उद्योग मन्त्रालयतिर

डा. सिके राउतको ध्यान उद्योग मन्त्रालयतिर

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दलहरूलाई दिएको सात दिने म्याद आइतबार साँझ सकिँदै छ । तर, समयसीमा सकिन २४ घण्टामात्र बाँकी रहँदा नेपाली कांग्रेस नेतृत्वको गठबन्धनको सरकार बन्छ वा नेकपा एमाले नेतृत्वको बन्छ भन्ने अझै टुंगो लागिसकेको छैन । सत्ता गठबन्धनमा सहभागी तथा सरकार गठनमा निर्णायक मानिएको नेकपा माओवादी केन्द्र प्रधानमन्त्रीको दाबीबाट पछाडि नहटेपछि सत्ता गठबन्धनकै नेतृत्वमा सरकार बन्नेमा संशय देखिएको हो ।

यता सरकार गठनमा अर्को निर्णायक डा। सिके राउत नेतृत्वको जनमत पार्टीले सुरुदेखि नै सत्तारूढ गठबन्धनलाई समर्थन जनाउँदै आएको छ । यद्यपि जनमतका अध्यक्ष डा। राउत यसमा निश्चित नभइसकेको बताउँछन् । तर, उनले हरेकजसो अन्तर्वार्तामा सत्ता गठबन्धनप्रति आफूहरू सकारात्मक रहेको बताउँदै आइरहेका छन् ।

पहिलोपटक निर्वाचनमा होमिएर ६ सिट ल्याएको जनमत पार्टी सरकारमा सहभागी भए कुन मन्त्रालयका दाबी गर्ला र पाउला भन्ने चासो बढेको छ । यही चसो र चर्चाबीच अध्यक्ष डा। राउतले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयतर्फ चासो देखाएका छन् ।

भ्वाइस अझ यूथ (भिएफवाई टक्स) नामक युट्युब च्यानलको कार्यक्रममा उनले यो खुलासा गरेका छन् । लेखक तथा नागरिक अभियन्ता खगेन्द्र संग्रौलाले सत्ता गठबन्धन नेतृत्वको सकारमा सहभागी भए तपाईंको नजर कुन मन्त्रालयतिर हुन्छ भन्ने प्रश्नमा डा। राउतले आफूहरूको चासो उद्योग वाणिज्य तथा आपूर्तिमा रहेको बताएका हुन् । उनले नागरिकमाझ विशेषगरी शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा केही गर्छौँ भनेर वाचा गरेकाले आफूहरू यस मन्त्रालयतर्फ इच्छुक रहेको प्रस्ट्याए ।

‘जनमत पार्टीको अंकगणित सानो भए पनि यो महत्वपूर्ण छ,’ उनले भने, ‘मैले जहिले पनि कुराहरू पारदर्शी रूपमै गरेँ । हामी मन्त्री बन्नकै लागि मन्त्रालय रोज्ने होइन । जे डेलिभर गर्छौँ भनेर आएका छौँ, त्यो अनुसारको वातावरण हुनुपर्‍यो । हामीले शिक्षा, स्वास्थ्यमा वाचा गरेका छौँ ।’

उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रदेश सरकारबाटै काम गर्न सकिने भएकाले केन्द्र सरकारबाट आफूहरूले उद्योग, आपूर्ति तथा वाणिज्य मन्त्रालय पाउँदा उपयुक्त हुने संकेत गरे ।

‘रोजगारीको क्षेत्रमा केन्द्रबाटै केही हुनुपर्ने आवश्यकता छ । यसका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय भयो भने उपयुक्त हुन्छ,’ उनले भने ।

सो मन्त्रालय सम्हाल्न कठिन हुने भए पनि आफ्नो पार्टी यही मन्त्रालयको पक्षमा रहेको उनको भनाइ छ । आफूहरू जोखिम उठाउन तयार रहेको पनि उनले जिकिर गरे । ‘हुन त यो सबैभन्दा कठिन मन्त्रालय हो जस्तो लाग्छ । बजेट पनि कम छ । त्यसमाथि ५–१० अरू मन्त्रालयसँग मिलेर काम गर्नुपर्छ,’ उनले भने ।

उनले अगाडि थपे, ‘तर, त्यो रिस्क मोल्न हामी तयार छौँ । आज होस वा भोलि, रोजगारी सिर्जना उद्योग धन्दा गरेरै हुन्छ ।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com