प्रशिक्षकसँग विवाद गरेका क्यामरुनका गोलरक्षकले टिम छाडे

प्रशिक्षकसँग विवाद गरेका क्यामरुनका गोलरक्षकले टिम छाडे

काठमाडौँ- कतारमा सम्पन्न फिफा विश्वकप फुटबलका क्रममा प्रशिक्षकसँग विवादपछि घर फर्काइएका क्यामरुनका गोलरक्षक एन्ड्रे ओनानाले राष्ट्रिय टिम छाडेका छन् ।

२६ वर्षीय गोलरक्षक ओनानाले विश्वकपका क्रममा प्रशिक्षक रिगोबर्ट सङसँग विवाद गरेपछि उनलाई कतारबाट घर पठाइएको थियो ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत ओनानाले क्यामरुनको राष्ट्रिय फुटबल टिमसँगको आफ्नो कथा टुंगिएको लेखेका छन् । उनी इटालियन क्लब इन्टर मिलानबाट खेल्दै आएका छन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Get 30% off your first purchase

X