२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

शीतलहर र हिमपातबाट जोगिन मन्त्रालयको आग्रह

शीतलहर र हिमपातबाट जोगिन मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शीतलहर र हिमपातको जोखिमबाट बच्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा।समीरकुमार अधिकारी केही समययता चिसोसँगै शीतलहर र हिमपातले जनजीवनमा असर पार्ने भएकाले त्यसबाट बच्न आग्रह गरिएको जानकारी दिन्छन् ।

काठमाडौँमा आज यस वर्षकै सबैभन्दा बढी चिसो मापन गरिएको छ । यहाँको न्यूनतम तापक्रम आज चार दशमलव पाँच डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
चिसोबाट बच्न शरीरको सबै भाग ढाक्नेगरी बाक्लो तथा न्यायो लुगा लगाउन, कोठा न्यानो पार्न र प्रयाप्त हावा ओहोरोदोहरो हुने व्यवस्था गर्न मन्त्रालयले आग्रह गरेको छ । शीतलहर र हिमपातबाट बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा दीर्घरोगीलाई बचाउनुपर्दछ ।

यस्तै आमाको दूध खाने बच्चालाई नियमितरुपमा स्तनपान गराउन, तातो तथा पोषिलो झोल पदार्थ प्रशस्त मात्रामा सेवन गराउन र धुमपान तथा मध्यपान नगर्न मन्त्रालयको आग्रह छ । शीतलहर तथा चिसोमा मुटु रोग, हृदयघात, फोक्सो तथा श्वासप्रश्वासमा समस्या, बालबालिका तथा ज्येष्ठ नागरिकमा निमोनिया, ज्वरो आउने, झाडापखला लाग्ने, दम बढ्ने, रुघाखोकी, घ्यारघ्यार, श्वास फेर्न कठिनाइ हुनेजस्ता समस्या देखिने गर्दछन् ।

मन्त्रालयले यस्ता समस्या देखिए तुरुन्तै नजिकैको स्वास्थ्य सङ्ख्यामा सम्पर्क गर्न अनुरोध गर्दै सुत्ने कोठामा आगो, हिटर, मकल, कोइला, ब्रिकेट, आदि बाली झ्याल ढोकाबन्द गरेर नसुत्नसमेते आग्रह गरेको छ । रासस

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com