२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

सरकारमा गएर काम गर्न नसके सजाय दिनुहोला : पाण्डे

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य अरनिको पाण्डेले लामो बहसपछि आफ्नो पार्टी सरकारमा जाने निर्णय गरेको बताएका छन् । सरकारमा सहभागी हुने निर्णयको चौतर्फी आलोचना भएपछि पाण्डेले पार्टीले आन्तरिक रुपमा मतदान गरेरै सरकारमा जाने निर्णय गरेको स्पष्ट पारेका हुन् ।

उनले भनेका छन्, ‘अव्यवस्थित गठबन्धनमा सामेल हुने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयमा निराश भएका सबै जनताको लागि यो बहस र मतदानबाट भएको निर्णय थियो। दुवै गठबन्धन अस्तव्यस्त हुने नै थिए । प्रतिपक्षमा बस्दा हाम्रो इज्जत सुरक्षित हुन्थ्यो, तर सरकारमा जाँदा राम्रो काम गरेर देखाउने हामीलाई चुनौती छ ।’

पाण्डेले आफूहरू सरकारमा गएर काम गर्न नसके वा भ्रष्टाचार वा न्याय दबाउने काममा संलग्न भएको पाएमा अर्को निर्वाचनबाट दण्डित गर्न समेत आग्रह गरेका छन् । आफूलाई वैकल्पिक भन्ने पार्टीले पुराना भनिएका पार्टीसँग मिसिएर सरकार बनाएको भन्दै आलोचना भइरहेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com