२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

नवनिर्वाचित उपसभामुख राना भन्छिन् : पदीय जिम्मेवारीलाई इमान्दारिताका साथ निर्वाह गर्नेछु

नवनिर्वाचित उपसभामुख राना भन्छिन् : पदीय जिम्मेवारीलाई इमान्दारिताका साथ निर्वाह गर्नेछु

काठमाडौँ – नवनिर्वाचित प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरले आफूले पाएको पदीय जिम्मेवारी इमान्दारिताका साथ निभाउने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

उपसभामुखमा निर्वाचित भएलगत्तै उनले सञ्चारकर्मीमाझ सो प्रतिक्रिया दिएकी हुन् । विपक्ष दलका सांसदहरूले समेत उठाएका इस्यूहरूलाई सभामुखसँग सहकार्य गरेर सम्बोधन गर्न आफ्नो इमान्दार प्रयास रहने बताएकी हुन् ।

उपसभामुख राना मगरले संविधानले दिएको अधिकार भित्र रहेर संसद्को कामलाई अझ बढी प्रभावकारी, मर्यादित र सुसंस्कृत बनाउन आफूले पहल गर्ने पनि जिकिर गरिन् । नेपाली जनताको हक, अधिकारीलाई निडर र अविचलित भएर स्थापित गराउन आफूले काम गर्ने उनको भनाइ थियो ।

उपसभामुख मगरले आफू ठूलो परिवारमा आएको उल्लेख गर्दै त्यसको गरिमालाई कायम राख्दै अघि बढ्ने समेत बताइन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com