२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

अनेरास्ववियु महाधिवेशन : सहमति नजुटेपछि निर्वाचन प्रक्रिया सुरु

अनेरास्ववियु महाधिवेशन : सहमति नजुटेपछि निर्वाचन प्रक्रिया सुरु

काठमाडौँ । अनेरास्ववियुको निर्वाचन प्रक्रिया अगाडि बढेको छ । नयाँ नेतृत्व चयनका लागि सहमतिका लागि भएका प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया अगाडि बढेको हो । आज दिउँसो १ बजेदेखि नै निर्वाचन प्रक्रियाको कार्यतालिका थियो । तर, सहमतिका लागि नेताहरुले समय माग गरेपछि निर्वाचन कमिटीले कार्यतालिका अनुसार अगाडि बढ्न सकेको थिएन।

निर्वाचन प्रक्रिया अगाडि बढेसँगै अहिले मनोनयन दर्ताको प्रक्रिया चलेको छ । अध्यक्षका लागि तीन जनाले उम्मेदवारी दिएका छन् । जसमा वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, महासचिव समिक बडाल र उपाध्यक्ष मोती विक ९महेन्द्र० रहेका छन् । त्यस्तै अन्य पदका लागि मनोनयन दर्ता गराउने प्रक्रिया जारी छ ।

मनोनयनको काम सकिएपछि दाबी विरोधको समय दिइनेछ । उम्मेदवारहरुमाथि उजुरी गर्नको लागि समय दिइनेछ । त्यसपछि उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिनेछ ।

भोलि बिहान ९ बजेदेखि मतदानको समय तोकिएको छ । आफ्नो मनोनयन दर्ता गराएसँगै उम्मदेवारहरुले महाधिवेशन प्रतिनिधिहरुसँग भोट माग्न थालेका छन् । आफ्ना एजेण्डाहरु प्रस्तुत गर्दै उनीहरुले आफुलाई भोट दिन अपिल गर्न थालेका हुन् ।

फागुन २ गतेदेखि सुरु भएको अनेरास्ववियुको ३ औं महाधिवेशनबाट १९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरिनेछ । त्यस्तै विभिन्न तीनवटा आयोगका पदाधिकारीहरु समेत निर्वाचित गरिनेछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com