२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

रास्वपा बझाङका संयोजकको निलम्बन फुकुवा

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले बझाङका संयोजक नगेन्द्र खड्काको निलम्बन फुकुवा गरिएको छ ।

पत्रकार सुनिल मण्डेललाई आक्रमण गरेको आरोप लागेका खड्कालाई जिल्ला संयोजकबाट हटाइएको थियो । पार्टीले गरेको छानबिनका क्रममा खड्का दोषी नदेखिएकाले पदमा पुनर्बहाली गरिएको महामन्त्री मुकुल ढकालले जानकारी दिए ।

आज बसेको केन्द्रीय समितिको बैठकले रुपन्देहीमा पार्टी कार्यकर्ताबीच भएको झगडा संलग्न दामोदर खत्रीलाई तीन महिनाका लागि निलम्बन गरेको छ । बैठकले केन्द्रीय अनुशासन आयोगको नियमावली पारित गरेको छ । नियमावली पारित भएसँगै पार्टी हित विपरीत कार्य गर्नेका लागि अनुशासनको कारबाही गर्ने विधि तय भएको ढकालले जानकारी दिए ।

बैठकले पार्टी दस्तावेज तयार गर्नका लागि १७ जनाको टोलीलाई गाउँ पठाउने निर्णय गरेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com