विन्दमान विष्ट बने कर्णालीका प्रदेश सरकारको अर्थमन्त्री

कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रीमा विन्दमान विष्ट नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख तिलक परियारले मंगलबार बेलुकी पद तथा गोपनीयताको शपथ ग्रहण खुवाएका हुन् । नेकपा ९माओवादी केन्द्र०ले मंगलबार दिउँसो संसदीय दलको बैठक बसेर उनलाई सरकारमा पठाउने निर्णय गरेको थियो ।
६ महिनाअघि मुख्यमन्त्री महेन्द्र शाहीको सरकार भएका बेला पनि उनी आन्तरिक मामिला तथा कानुन मन्त्री नियुक्त भएका थिए । तर शपथ नखाँदे तत्कालीन सत्ताधारी काँग्रेसले विरोध गरेपछि उनले मन्त्रीको शपथ लिन पाएका थिएनन् । त्यसैले पनि यो पटक उनलाई जसरी पनि मन्त्री बनाउनै पर्ने बाध्यता माओवादीसँग थियो। युवा माझ निकै लोकप्रिय मानिएका विष्ट माओवादी केन्द्रभित्र एक शालीन छवि भएका नेताका रूपमा पनि चिनिन्छन् ।