२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

प्रचण्डलाई प्रधानमन्त्री बनाउन भूमिका खेलेका श्रेष्ठ र पुनलाई सुरुमै मन्त्री बनाउने तयारी

प्रचण्डलाई प्रधानमन्त्री बनाउन भूमिका खेलेका श्रेष्ठ र पुनलाई सुरुमै मन्त्री बनाउने तयारी

काठमाडौँ । नेकपा माओवादी केन्द्रबाट सुरुमा दुई जना मन्त्री बन्‍ने चर्चा सुरु भएको छ । माओवादी अध्यक्ष तथा नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन भूमिका खेल्ने दुई जनालाई सुरुमै मन्त्री बनाउने चर्चा माओवादीभित्र सुरु भएको हो । प्रचण्डको सपथ आज ४ बजे छ ।

नेपाली कांग्रेससँग छलफलका लागि प्रचण्डले अर्थमन्त्रीसमेत रहेका माओवादी नेता जनार्दन शर्मालाई खटाएका थिए । त्यस्तै एमालेसँग संवादका लागि प्रचण्डले नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र देव गुरुङलाई खटाएका थिए । गुरुङ भने माओवादी महासचिव हुन् सांसद होइनन् ।

माओवादीभित्र पुनलाई रणनीतिक हिसाबले चतुर मानिन्छ । पुन यसअघि शेरबहादुर नेतृत्वको सरकार पनि सहभागी नभएकाले सुरुमै मन्त्री बनाउने प्रचण्डको तयारी छ । त्यस्तै एमालेसँग संवाद गरेर प्रचण्डलाई प्रधानमन्त्री बनाउन श्रेष्ठले महत्वपूर्ण भूमिका खेलेका थिए । अन्ततस् उनी सफल पनि भए । श्रेष्ठलाई उपप्रधानसहित शक्तिशालि मन्त्री बनाउने प्रचण्डको तयारी रहेको उनी निकट एक नेताले इकागजलाई बताए ।

माओवादीको पदाधिकारी बैठक पार्टी कार्यालय पेरिसडाँडामा जारी छ । यही बैठकले पुन र श्रेष्ठ मन्त्री बनाउने निर्णय गर्ने तयारी छ । बैठकमा प्रचण्डले विकसित राजनीतिक घटनाक्रमको प्रचण्डले ब्रिफिङ गर्ने बताइएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com