२०८१ बैशाख ४ - Tue Apr, 2024 -

Janasewa News

प्रधानमन्त्री बनेकोमा ‘प्रचण्ड’लाई टेलिफोन गरेर बधाइ दिए शेरबहादुर देउवाले

काठमाडौं । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोन गरेर बधाइ दिएका छन् ।

नेपाली कांग्रेसका सभापति समेत रहेका देउवाले सोमबार बिहान टेलिफोन गरेर बधाइ दिएको माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले बताए ।

‘सरकार गठन तथा सरकारमा सहभागीमा हुने मन्त्रीहरुको नाम तय गर्न बसेको नेकपा माओवादी केन्द्रको बैठकका बीचमै देउवाले फोन गरेर अध्यक्ष प्रचण्डलाई बधाइ दिनुभयो,’ महराले भने, ‘कांग्रेसका अन्य नेताले पनि फोन गरेर प्रचण्डलाई बधाई दिँदै हुनुहुन्छ।’

प्रचण्ड नेकपा एमालेसहित ७ दलको समर्थनमा आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका छन् । काँग्रेससँगैको गठबन्धनलाई तोडेर उनी प्रधानमन्त्री बनेका हुन् ।

सोमबार दिउँसो ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई प्रधानमन्त्रीको शपथग्रहण गराउने तयारी छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com