२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

रौतहटमा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु

रौतहटमा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु

जनसेवा न्युज डटकम संवाददाता

विद्युतीय​ तारको प्रयोग गरि माछा मार्ने क्रममा करेन्ट लागेर रौतहटमा एक जना युवकको ज्यान गएको छ। स्थानीय गरुडा नगरपालिका ७ पिपरिया दोस्तियाका ३० वर्षीय रामतिलक पटेलको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो।

गाउँ छेउको तरहारी खोलामा विद्युतीय​ तार प्रयोग गरि माछामार्ने क्रममा शुक्रबार साँझ पटेल लाई करेन्ट लागेर अचेल हुँदा उपचारको लागि गरुडा अस्पताल पुर्याएकोमा डाक्टरले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी बरुणकुमार सिंहले बताए । मृतक पटेलको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौर पठाइएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

जाडोयाममा रौतहटका अधिकांश युवाहरू विद्युतीय​ तारको प्रयोग गरि करेन्ट लगाएर लालबकैया, बागमती, तरहारी लगायत नदि खोलामा माछा मार्ने गर्छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com