२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

बालकोट पुगेर ओलीलाई भेटे बाबुरामले, के भयो कुराकानी?

बालकोट पुगेर ओलीलाई भेटे बाबुरामले, के भयो कुराकानी?

जनसेवा न्युज डटकम संवाददाता

नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।

सोमबार बालकोट पुगेर भट्टराईले ओलीसँग समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गरेको भट्टराईको सचिवालयले जानकारी दिएको छ।

उनीहरूबीच सत्ता गठबन्धन, सरकारको प्रभावकारितालगायत विषयमा पनि कुराकानी भएको थियो।

ओलीलाई केही दिनअघि सत्ता गठबन्धनले सत्ता साझेदार दलको संयोजक चयन गरेका थिए भने न्यूनतम साझा कार्यक्रम तय गर्नेबारे उक्त समितिले काम पनि गरिरहेको छ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईको पार्टीले नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर गत मंसिरको चुनावमा उम्मेदवारी दिएको थियो।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com