२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

राष्ट्रिय मुद्दामा सहमति जुटाएर अघि बढ्छौँ : महासचिव गुरुङ

राष्ट्रिय मुद्दामा सहमति जुटाएर अघि बढ्छौँ : महासचिव गुरुङ

चितवन(नेकपा माओवादी केन्द्र) का महासचिव देव गुरुङले राष्ट्रिय मुद्दामा सबै दलबीच सहमति कायम गरेर अघि बढ्ने बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले राष्ट्रिय मुद्दामा सरकार पक्ष र प्रतिपक्ष सबैसँग सहमति कायम गरेर अघि बढ्नुपर्ने बताएका हुन् ।

अहिलेको आवश्यकता भनेको राष्ट्रिय स्वाधीनताको रक्षाको, स्थिरता र स्थायित्व भएको भन्दै उनले यसका निम्ति सबै प्रकारका दलका बीचमा सहमति र सहकार्यको खाँचो रहेको उल्लेख गरे ।

उनले भने, यतिखेर सके सबै दलबीचमा राष्ट्रिय सहमति जुटाउन कोसिस गर्ने हो । विधिले सत्ता पक्ष र प्रतिपक्षको अङ्गीकार गरेको भए पनि एजेन्डागत आधारमा राष्ट्रिय सहमति जुटाउँदै अघि बढ्नुपर्छ । मुलुक सङ्कटको अवस्थामा रहेको भन्दै उनले अहिलेको राजनीतिक प्रणालीका प्रस्तावक र अगुवा एक भएर अघि बढ्नुपर्ने बताए ।

देशमा वृहत् शान्ति सम्झौताका समयमा सरकार पक्ष गिरिजाप्रसाद कोइराला र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सहमति भएको भन्दै उनले यी दुवै पक्ष सहमतिका साथ अघि बढ्नुपर्ने धारणा राखे ।

सिष्टमलाई भताभुङ्ग बनाउन खोज्नेविरुद्ध आफूहरूको लडाइँ रहेको बताउँदै उनले यही पद्धति अङ्गीकार गरेर निर्वाचनमा आएपछि कसैलाई काखा र कसैलाई पाखा गर्न नहुने बताए ।

अहिलेको गठबन्धन मुलुकको आवश्यकताको हिसाबले बनेको उनको भनाइ थियो । उनले थपे, मुलुकमा स्थिरता र स्थायित्व कायम राख्दै मुलुकको स्वाधीनताको रक्षाका निम्ति बढीभन्दा बढी दलको आपसी सहमति र सद्भावका साथ अघि बढ्ने समय आएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com