२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

सेयर बजारमा सामान्य करेक्सन

सेयर बजारमा सामान्य करेक्सन

काठमाडौँ । धितोपत्र बजारमा मंगलबार सामान्य करेक्सन देखिएको छ । आज बजार ३.०३ अंकको करेक्सन देखिएको हो । साताको सुरुवातको दिन आइतबार र दोस्रो दिन सोमबार गरी ३४ अंकले बढेको बजार मंगलबारतीव्र उतारचढावकाबीच ३.०३ अंकले घटेको छ ।

बजार ०.१५ प्रतिशतले घटेर परिसूचक २०६१.०६ मा कायम छ । यस्तै (क) वर्गका कम्पनीहरूको मापक सेन्सेटीभ इन्डेक्स ०.१० अंकले घटेर ३९४.६२ मा झरेको छ ।

उप(सूचक तर्फ होटेल तथा टुरिजम २.६० प्रतिशत, माइक्रो फाइनान्स २.४४ प्रतिशत, म्यचुअल फण्ड ०.३५ प्रतिशत र ट्रेडिङ सूचक २.८९ प्रतिशतले बढेको छ भने बाँकी सूचक घटेको छ।

बजार घटेतापनि अघिल्लो दिनको तुलनामा कारोबार रकममा भने बढोत्तरी देखिएको छ । आज २५७ कम्पनीको ३ अर्ब ४५ करोड ८० लाख ८९ हजार ७८७ रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। अघिल्लो दिनको कारोबारमा २ अर्ब ९६ करोडको सेयर खरिद बिक्री भएको थियो ।

यस्तै ८२ लाख २२ हजार ८३३ कित्ता सेयर ५३ हजार ३१४ पटकमा खरिद बिक्री भएको छ । सामान्य अंकले बजार घट्दा १०७ कम्पनीको सेयर मूल्य उकालो लागेको छ भने १०२ कम्पनीको सेयर मूल्य घटेको छन् ।

आज स्वेत गंगा हाइड्रो पावर, धौलागिरि लघुवित्त, खप्तड लघुवित्त र अजोड इन्स्योरेन्स कम्पनीको सेयरले सर्किट लेभलमा कारोबार गरेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com