२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

स्पट फिक्सिङबारे छानबिन गर्न पूर्व कप्तान पारसको माग

स्पट फिक्सिङबारे छानबिन गर्न पूर्व कप्तान पारसको माग

जनसेवा न्युज डटकम संवाददाता

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले नेपाल टी–ट्वान्टी लिगको स्पट फिक्सिङको विषयमा निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।

क्यानले नै आयोजना गरेको प्रतियोगितामा स्पट फिक्सिङ भइरहेको सुन्दा दुःख लागेको बताउँदै उनले तत्काल छानबिन गर्न माग गरेका छन् ।

काठमाडौंमा जारी फ्रेन्चाईज क्रिकेट प्रतियोगितामा मंगलबार कमेन्टेटर सचिन तिमिल्सेना र काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले स्पट फिक्सिङको विषयमा कुरा उठाएका थिए ।

‘नेपाली क्रिकेटले विभिन्न अध्याय, सङ्घर्ष र खुड्किलाहरू पर गर्दै राम्रो स्वरूप लिने क्रम जारी थियो । यो अनवरत यात्रा र उतारचडावकै बीच नेपाल टी–ट्वान्टी लिगमा स्पट फिक्सिङ जस्तो गम्भीर अपराध भएको खबरले स्तब्ध बनाएको छ,’ पारसले थपे, ‘खेलाडीहरूको वर्षौँ देखिको लगाव, खेलप्रेमीहरुको निःस्वार्थ प्रेम र यस खेलमा समर्पित सरोकारवालाहरुको विश्वासलाइ यस घटनाले । क्रिकेटसँग सम्बन्धित सबैलाई चोट पुर्‍याएको छ। यो अपराधको निष्पक्ष छानबिन गरेर दोषीलाई कडा कारबाही गरियोस् ।’

नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा काठमाडौंमा जारी प्रतियोगितामा म्याच फिक्सिङका घटनाहरु बाहिर आएका छन् । फिक्सिङको विषयमा छानबिन गर्न गृह मन्त्रालयले नेपाल प्रहरीलाई निर्देशन दिइसकेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com