२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

ग्लोबल आइएमई र बीओकेको सम्पूर्ण बैंकिङ कारोबार दुई दिन बन्द हुने

जनसेवा न्युज डटकम संवाददाता

काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू (बीओके) को सम्पूर्ण बैंकिङ कारोबार दुई दिन बन्द हुने भएको छ । ग्लोबल आइएमई र बीओके यहीँ आउँदो पुस २५ गतेदेखि एकीकृत कारोबारमा जानेभएसँगै प्राविधिक तयारीका लागि पुस २३ र २४ गते (शनिबार र आइतबार) दुबै बैंकको कारोबार बन्द हुने भएको हो ।

मर्जरका लागि यी दुबै बैंकहरुले नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड तथा कम्पनी रजिष्ट्रारको कार्यालयबाट समेत अन्तिम स्वीकृति पाइसकेका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडको गत मंसिर २३ गते सम्पन्न १६औं वार्षिक साधारण सभाले र बैंक अफ काठमाण्डूको सोही मंसिर २३ गतेको वार्षिक साधारण सभाले मर्जरमा जाने प्रस्ताव पारित गरेको थियो ।

योसँगै मर्जरका लागि राष्ट्र बैंक समक्ष प्रस्ताव गरेकोमा बैंकहरुले पुस २५ गते ग्लोबल आइएमई बैंक लिमिटेडको नाममा एकीकृत कारोबारमा जाने गरी स्वीकृति पाएको हो । मर्जरपछिको ग्लोबल आइएमई बैंक ३४ अर्बमाथिको चुक्तापुँजीसहित ठूलो बैंक बन्दैछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com