२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिएर सफल बनाउन एमाले अध्यक्ष ओलीको आग्रह

दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिएर सफल बनाउन एमाले अध्यक्ष ओलीको आग्रह

काठमाडौँ । सत्तारूढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुस २६ गते सरकारलाई विश्वासको मत दिन तोकिएको समयमै संसद्‍मा उपस्थित हुन पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन् ।​

नेपालीहरूको बलजफ्तीमा पुष्पकमल दाहाल नेतृत्वको सरकार बनाएको र त्यसलाई विश्वासको मत दिएर सफल बनाउनका लागि पार्टीका सांसदहरूले २६ गते एक मिनेट पनि ढिलाइ नगरी संसद्‍मा उपस्थित हुनुपर्नेतर्फ पनि पार्टीका सांसदहरूलाई उनले सचेत गराए ।

शनिबारबाट काठमाडौंमा सुरु भएको पार्टीका सांसदहरूको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले नेपालीहरूको बलजफ्तीबाट वर्तमान सरकार बनेको उल्लेख गर्दै त्यसलाई सफल र प्रभावकारी बनाउन आफूले चाहेको पनि पटकपटक दोहर्‍याए ।

अध्यक्ष ओलीले यो सरकार ढाल्नका लागि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अधिकतम प्रयास गरिरहेको उल्लेख गर्दै सफल हुन नदिने दृढता समेत व्यक्त गरे । उनले वर्तमान सरकारले सुशासन र मुलुकको विकासका निम्ति दृढतापूर्वक अघि बढोस् भन्ने आफ्नो पार्टीको चाहना रहेको स्पष्ट पारे ।

ओलीले वर्तमान सरकारले विश्वासको मत नपाए प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलका हैसियतले काँग्रेसले सरकार बनाउने भएकाले त्यसतर्फ सचेत रहनुपर्ने पनि बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com