२०८१ बैशाख ६ - Thu Apr, 2024 -

Janasewa News

विमानमा यात्रुमाथि पिसाब गरेको आरोपमा एक भारतीय पक्राउ

नयाँदिल्ली – एयर इन्डियाको विमानमा सहयात्रीमाथि पिसाब गरेको आरोपमा अमेरिकी बैंकिङ कम्पनी वेल्स फार्गोका बर्खास्त कार्यकारीलाई पक्राउ गरिएको प्रहरी प्रवक्ताले शनिबार जानकारी दिएका छन् ।

गत नोभेम्बर २६ मा न्युयोर्कबाट नयाँ दिल्ली जाने क्रममा रक्सीको नशामा डुबेका मिश्रले आफ्नो पाइन्ट खोलेर बिजनेस क्लासमा बसेकी ७२ वर्षीया महिलामाथि पिसाब गरेको आरोप लागेको थियो ।

गत नोभेम्बरमा भएको घटनाबारे एक वृद्धाले एयरलाइन्सको व्यवस्थापनलाई जानकारी गराएपछि बैंकको भारतीय कारोबार सेवाका पूर्व उपाध्यक्ष शंकर मिश्र प्रशासनबाट फरार रहँदै आएका थिए ।

भारतीय सञ्चारमाध्यमका अनुसार मिश्रले आफ्नो फोन स्विच अफ गरेका थिए तर सामाजिक सञ्जालमा आफ्ना साथीहरूसँग सम्पर्कमा रहँदै आएका थिए । उनले भारतको बेङ्ग्लोरमा क्रेडिट कार्डबाट रकम लेनदेन पनि गरेको पाइएको थियो । यिनै प्रमाणका आधारमा उनलाई प्रहरीले पक्राउ गर्न सफल भएको थियो ।

उनलाई राजधानी नयाँ दिल्ली ल्याई आरोपहरूको अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

दिल्लीका एक प्रहरी प्रवक्ताले मिश्रलाई पक्राउ गरिएको पुष्टि गर्दै एएफपीसँग अन्य विवरण प्रहरी अनुसन्धानपछि प्राप्त हुने बताएका थिए ।

वेल्स फार्गोले आफ्ना कर्मचारीलाई शुक्रबार नै बर्खास्त गरिएको बताएको छ ।

एयरलाइनले यस घटनालाई उचित तरिकाले सम्बोधन गर्न असफल भएको र उडानको समयमा मदिरा सेवा उपलब्ध गराउने आफ्नो नीतिको पुनरावलोकन गरिरहेको बताएको छ ।

एयर इन्डियाका प्रमुख कार्यकारी क्याम्पबेल विल्सनले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘एयर इन्डियाले यी मामिलालाई विमान र अवतरणपछि (दुवै अवस्थामा) अझ राम्रो तरिकाले सम्हाल्न सक्थ्यो र कारबाही गर्न प्रतिबद्ध रहेको स्वीकार गरेको छ ।’

दशकौंसम्म राज्यको नियन्त्रणमा रहेको टाटा समूहले हालै किनेको यो एयरलाइन्सले ती महिलाको उजुरीलाई सम्बोधन गरेको भन्दै चर्को आलोचना खेप्नुपरेको छ ।

भारतको उड्डयन नियामक निकायले यसै साता आफ्नो व्यवस्थापनलाई उक्त घटनाको रिपोर्टिङ नगरेको भन्दै चेतावनी दिएको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com