१९ वर्षकी करिना पुरीले ४०९ मत ल्याएर जितिन् कांग्रेस महाधिवेशन प्रतिनिधि
सिन्धुपाल्चोककी १९ वर्षीया करिना पुरीले नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि जितेकी छन्।
उनी सिन्धुपाल्धोक प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी हुन्।
पुरी खुला महिलातर्फ महाधिवेशन प्रतिनिधिको उम्मेदवार थिइन्।
उनले ४०९ मत ल्याएर महाधिवेशन प्रतिनिधि जितेकी हुन्, जुन त्यहाँ खसेकोमध्ये सबैभन्दा धेरै मत हो।