२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

विर्यदानको कथा वरिपरि जितु र साम्राज्ञीको ‘ह्यारी कि प्यारी’

काठमाडौँ – विर्यदानको कथा वरिपरि रहेर निर्माण भएको चलचित्र ‘ह्यारी कि प्यारी’को ट्रेलर सार्वजनिक भएको छ । आइतबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक ट्रेलरले विर्यदानको कथाले निम्त्याउने उतारचढावलाई प्रस्तुत गरेको छ । फिल्ममा जितु नेपाल र  साम्राज्ञी आरएल शाहले विर्य क्रेता र बिक्रेताको भूमिका निर्वाह गरेको ट्रेलरले संकेत गर्छ ।

सामाजिक कथामा कमेटीको चास्नी राखेर पस्कन खोजिएको कथालाई कपिल रिजालले निर्देशन गरेका हुन् । बीआर प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्ममा जितु र साम्राज्ञीसँगै विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनाललगायतको पनि अभिनय छ । फिल्मको प्रस्तुतकर्ता निर्देशक रिजाल स्वयं हुन् । उनी पेशाले दन्त चिकित्सक हुन् । फिल्मको ‘धरहरा हल्लियो’ गीतमा अभिनेत्री रेखा थापाले नृत्य गरेकी छन् ।

फिल्ममा निर्देशक रिजाल स्वयंको कथा, सुदीप बराल, गिरीराज घिमिरे, रिजाल र अभिमन्यू निरवीले मिलेर पटकथा तथा संवाद लेखेका हुन् भने फिल्ममा सुदीप बरालको छायांकन र अर्जुन जिसीको सम्पादन छ । फिल्मको पोष्ट प्रोडक्सनको काम मुम्बईमा गरिएको हो । आगामी माघ २० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म पारिवारिक कथावस्तुमा निर्माण भएको निर्देशक रिजालले बताए ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com