२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

प्रधानमन्त्रीले विश्वासको मत पाउने कुरामा ढुक्क छु, चुनौती पनि छन् : केपी ओली

प्रधानमन्त्रीले विश्वासको मत पाउने कुरामा ढुक्क छु, चुनौती पनि छन् : केपी ओली

जनसेवा न्युज डटकम संवाददाता

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउने कुरामा आफू ढुक्क रहेको बताएका छन् । निर्वाचन पछिको प्रतिनिधिसभाको पहिलो बैठकमा सम्वोधन गर्दै अध्यक्ष ओलीले साथसाथै चुनौती पनि रहेको बताएका छन् । उनले सरकारका लागि सहज परिस्थिति भने नरहेको बताए । नयाँ चुनावपछि देशले परिवर्तन खोजिरहेको बताउँदै अहिले सरकार गठनबाटपनि परिवर्तन देखिएको बताए ।

उनले देश र जनताको लागि काम गर्नका लागि सांसद र सरकार भएर आएको बताउँदै जनताले केही नयाँ परिवर्तनको आशा राखेर नयाँ राजनीतिक पार्टी संसदमा आएको उल्लेख गरे । व्यक्तिको मानसम्मानका लागि नभई देश चलाउन, देशमा उन्नती प्रगति गर्न र जनताका लागि काम गर्न सरकार बन्नुपर्ने बताउँदै त्यसैअनुसार काम गर्नुपर्नेमा जोड दिए । उनले नयाँ दलहरुलाई शुभकामना पनि ब्यक्त गरे ।
उनले विभिन्न चुनौतीहरु रहेको बताउँदै त्यसको समाधानका लागि काम गर्नुपर्ने बताए । अध्यक्ष ओलीले भने– ‘हाम्रा अगाडि धेरै चुनौतीहरु रहेका छन् । सुशासनको चुनौती छ, भष्टाचार निर्मुल गर्ने चुनौती छ, हिजोका विभिन्न आन्दोलनका घाउहरु तिनीहरुकोमा मल्हमपट्टी गर्ने चुनौती छ । जनताका विभिन्न अपेक्षाहरु छन् । अहिले पनि विभिन्न राजबन्दीहरु तत्सम्बन्धी समस्याको समाधान गर्नुछ । शान्ति प्रक्रियालाई टुङ्गोमा पुग्नुपर्ने यी चुनौतीहरु छन् । अब हामीले एउटा गम्भीर शिक्षा लिनुपर्छ । अब हामी लोकतान्त्रिक मूल्य मान्यतामा चल्नुपर्छ ।’

उनले सांसद र नेताहरुको सम्पूर्ण समय गोटी चालाचालमा समय वित्यो भने कहिले काम गर्ने ? भन्ने प्रश्न गर्दै गोटी चालाचाल छोडेर काम गर्ने बाटो समात्न आग्रह गरे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com