२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

प्राधिकरणको पहलमा आयल निगमले घटायो हवाई इन्धनको मूल्य (पुर्णपाठ)

काठमाडौँ हवाई इन्धनको मूल्य घटेकाले निजी क्षेत्रका वायु सेवा कम्पनीहरूलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक हवाई भाडा दर समायोजन गर्न निर्देशन दिएको छ ।

लामो समयदेखि प्राधिकरणले नेपाल आयल निगमलाई हवाई इन्धनको मूल्य घटाउन गरेको पहलले सार्थकता पाएको प्राधिकरणका उपप्रबन्धक ज्ञानेन्द्र भूलले बताए ।

गए रातिदेखि निगमले हवाई इन्धनको मूल्य घटाएको थियो । प्राधिकरणले उद्योग वाणिज्य मन्त्रालयमार्फत निगमसँग विभिन्न समयमा हवाई इन्धनको मूल्य समायोजन गर्न पहल गरेको भूलको भनाइ छ ।

‘निगमले हवाई इन्धनको मूल्य घटाएपछि निजी वायुसेवा सञ्चालक संघले आन्तरिक उडानको भाडादर घटाएका छन्,’ उनले भने, ‘अन्तर्राष्ट्रिय उडानको भाडादर वायुसेवा कम्पनीले गर्नेछन् ।’

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँ घटाएपछि वायु सेवा सञ्चालक संघलाई हवाई भाडा दर घटाउन निर्देशन दिएको भूलको भनाइ छ ।

यससँगै नयाँ भाडादर आगामी बुधबार (पुस २७) गतेबाट लागू हुने भएको छ ।

नयाँ भाडादरअनुसार काठमाडौं माउन्टेन फ्लाइट ६८५ रुपैयाँले घटेको छ । योसँगै उक्त रुटको भाडादर १४ हजार २०५ रुपैयाँ पुगेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com