२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

गण्डकी मन्त्रिपरिषद् बैठकको पहिलो निर्णय : डाइलासिस सेवा विस्तार

गण्डकी मन्त्रिपरिषद् बैठकको पहिलो निर्णय : डाइलासिस सेवा विस्तार

पोखरा । नेकपा एमालेका खगराज अधिकारी नेतृत्वको गण्डकी प्रदेशको सोमबार साँझ नै मन्त्रिपरिषद् बैठक बसेको छ । मन्त्रिपरिषद्को पहिलो बैठकले स्वास्थ्य सेवामा ध्यान दिँदै गण्डकी प्रदेशमा डाइलासिस सेवा विस्तार गर्ने पहिलो निर्णय गरेको छ ।

नवनियुक्त मुख्यमन्त्री अधिकारीको अध्यक्षतामा बसेको बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता विनाविभागीय मन्त्री सीता सुन्दासले आवश्यक पर्ने बिरामीलाई प्रदेश मातहतका ११ जिल्लाका अस्पतालमा डायलासिस सेवा विस्तार गर्ने निर्णय भएको जानकारी दिइन् ।

मुख्यमन्त्री नियुक्त भएपछि पद तथा गोपनीयताको शपथ ग्रहणपछि विनाविभागीय मन्त्रीहरू हरिबहादुर चुमान, सीता सुन्दास र पञ्चराम गुरुङसहितको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो ।

मुख्यमन्त्री अधिकारीले आज नै पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणपछि बोल्दै मुख्यमन्त्री अधिकारीले प्रदेशको विकास र समृद्धिका लागि काम गर्ने बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com