२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

गाली गर्नेलाई समीक्षाको जवाफ : मेरो गीत नसुन्ने भए नसुन्‍नुस्, कर छैन

गाली गर्नेलाई समीक्षाको जवाफ : मेरो गीत नसुन्ने भए नसुन्‍नुस्, कर छैन

काठमाडौँ । गायिका समीक्षा अधिकारी पुराना कुरा बिर्सेर सांगीतिक दुनियाँमा फर्कने प्रयास गरिरहेकी छिन् । तर विगतले छाडेको छैन । उनले कुनै गीत गायो कि त्यसमा उनीमाति गालीको वर्षा हुन्छ । यो क्रमले सीमा नाघेको महसुस गरी समीक्षाले गीत सुन्न मन नभए नसुन तर मलाई पनि तिमीहरूका गाली सुन्न छैन भन्दै जवाफ फर्काएकी छिन् । उनले मान्छेका तीन स्तर हुने उल्लेख गर्दै अरुका कुरा काट्ने मानिस तल्लो स्तरको र घटिया हुने बताएकी छिन् ।

एउटा ठूलै विद्वानले भनेका रैछन् मान्छे तीन किसिमका हुन्छन् । उच्च स्तरको त्यो हो जसले विचार र सिद्धान्तका कुरा गर्छ । ब्यक्तिको होइन ब्यक्तित्वको कुरा गर्छ । मध्यम स्तरका ती हुन् जसले घटनाको कुरा गर्छन्, जस्तै गाडी लड्यो, अन्डा फुट्यो । अनि जो व्यक्तिको बारेमा कुरा गर्छ, अरुको कुरा काट्छ त्यो तल्लो स्तरको अर्थात घटिया हुन्छ । यी रुख होइनन्, फल र फूल पनि होइनन्, पात हुन्, खसेर घस्यौटा बन्ने र जता हावा लाग्छ उतै उड्ने । यहाँ अरुको कुरा काट्ने यस्ता घस्यौटा धेरै छन्,ुउनले लेखेकी छिन् ।

उनले उमेरका कारण छोरी मान्छे बहकिने र कानुनी कुरा थाहा नपाएको संकेत गर्दै समाजले यो कुरा बुझिदिनु पर्ने जिकिर गरेका छिन् । उनले लेखेकी छिन्, ुसानो उमेरमा छोरी मान्छे बहकिन्छन्। राम्रो नराम्रो छुट्याउन जान्दैनन् । मान्छेका जालझेल बुझ्दैनन् । भविष्यको बारेमा निर्णय गर्न जान्दैनन् । देश कस्ता कानुनमा जेलिएको छ भन्ने उनीहरुलाइ थाहा हुँदैन । सपनाको दुनियाँमा अगाडि बढ्दा गलत बाटोमा पनि पर्न सक्छन्, समाजले अभिभावकले यो बुझ्नुपर्छ ।

समीक्षाले आफू गायिका हुन जन्मिएकाले स्वरले साथ दिँदासम्म अरुले नसुने पनि बन्द कोठामा एक्लै पनि गाउन नछाड्ने बताएकी छिन् । म गायिका हुन जन्मेकी हुँ । स्वरले साथ दिँदासम्म गाउँछु । कसैले मेरो गीत नसुनोस्, कसैले मलाई अवसर नदेओस् । म एक्लै कोठामा गाउँछु, एकान्तमा गाउँछु, आफ्नै युट्युब च्यानलमा गाउँछु । कसैलाई मेरो गीत सुन्नु छैन भने नसुन र मलाई पनि तिम्रो अपशब्द सुन्नु छैन । तिम्रो के खाएकी छु मैले, तिमीले मलाई अपशब्द भन्ने के हक र साइनो छ रुु उनको प्रश्न छ । उनले जाँड खाएर कुट्ने लोग्नेसँग जाँडै खाएर लड्नुपर्छ भनेको दृष्टान्त दिँदै लड्ने अठोट व्यक्त गरेकी हुन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com