२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

सुधारिंदै बाह्य क्षेत्र, शोधनान्तर बचत ४६ अर्ब पुग्यो

सुधारिंदै बाह्य क्षेत्र, शोधनान्तर बचत ४६ अर्ब पुग्यो

२९ पुस, काठमाडौं । आयात नियन्त्रण र रेमिट्यान्स वृद्धि हुँदा भुक्तानी सन्तुलन (शोधनान्तर स्थिति) को बचत पनि बढ्दै गएको छ । शोधनान्तर घाटा चुलिंदै जाँदा अर्थतन्त्र बाह्य क्षेत्रको दबाब र तरलता दबाबलाई कम गर्न भन्दै चालिका कसिलो नीति क्रमशः खुकुलो बन्दै जाँदा बाह्य क्षेत्रमा सुधार भएको तथ्यांकहरु पनि राष्ट्र बैंकले सार्वजनिक गर्दै गएको छ ।

नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले चालु आर्थिक वर्ष २०७९/८० को पाँच महिना (साउन–मंसिर) सम्मको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन सार्वजकि गर्दै शोधनान्तर स्थिति ४५ अर्ब ८७ करोडले बचतमा रहेको जनाएको छ ।

गत आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब ९५ अर्ब १ करोडले घाटामा रहेको बाह्य क्षेत्रमा उल्लेख्य सुधार देखिएको हो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ६४ करोडले घाटामा रहेको शोधनान्तर स्थिति चालु आर्थिक वर्षको ५ महिनामा ३४ करोड ६८ लाखले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ ।

शोधनान्तर स्थिति मात्रै नभएर चालु खातामा पनि उल्लेख्य सुधार भएको छ । गत आर्थिक वर्षको ५ महिनामै करिब ३ खर्बले घाटामा रहेको चालु खाात चालु आर्थिक वर्षको सोही अवधिमा करिब ३८ अर्बले मात्रै घाटामा रहेको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको ५ महिनामा २९८ अर्ब ५१ करोडले घाटामा रहेको चालु खाता चालु आर्थिक वर्षको सोही अवधिमा ३७ अर्ब ९१ करोडले मात्रै घाटामा रहेको छ ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ५१ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २९ करोड ७२ लाखले घाटामा रहेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com