२०८१ बैशाख ६ - Thu Apr, 2024 -

Janasewa News

कहिले यो निस्केला र म अध्यक्ष बनौँ भन्नेहरू धेरै छन्ः भुवन केसी

काठमाडौँ- चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र सुटिङका क्रममा नै भिडियो खिचेर सार्वजनिक गर्ने क्रम बढिरहेको भन्दै त्यस्ता क्रियाकलाप गर्नेलाई जरिवाना र फिल्ममा हुने क्षति तिराउने गरी कानुन निर्माण गर्न लागिएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा भएको चलचित्र निर्माताहरूको बृहत भेला तथा छलफल कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले पछिल्लो समय नेपाली फिल्म बनाउन धेरै नै गाह्रो भइरहेको उल्लेख गरे । चलचित्र निर्माणका लागि स्टुडियो, प्रहरीको भ्यान लगायतका स्वीकृति लिन नै झन्झट व्यहोर्नुपरेको उनकाे भनाइ छ ।

उनले नेपाली निर्माताहरू फिल्म निर्माणका लागि घरखेत बेचेर लाग्ने गरेको तर युट्युव पत्रकारहरूले सिनेमाको दृश्य पहिल्यै खिचेर सार्वजनिक गरिदिँदा निर्माताहरूलाई ठूलो क्षति भइरहेको उल्लेख गरे । कुनै पनि व्यक्तिले अमर्यादित क्रियाकलाप गरेको खण्डमा कडा सजाय दिने मात्र नभई जरिवाना र फिल्ममा परेको क्षतिपूर्ति तिराउन सरकारसँग माग गरिएको उनले बताए ।

अध्यक्ष केसीले चलचित्र विकास बोर्डको अध्यक्ष भएर आएको ५/६ महिना मात्रै भएको भन्दै आफूलाई विभिन्न मुद्दा हालेर काम गर्न नदिएको गुनासो गरे । उनले आफू कुन बेला निस्किन्छ र म चलचित्र विकास बोर्डको अध्यक्ष बनौँ भन्ने लोभ गर्ने मान्छेहरूले काम गर्न नदिएको बताए । उनले आफ्नो कार्यकालमा चलचित्र विकासको लागि राम्रा काम गर्ने प्रतिबद्धता जनाए । उनले चलचित्र क्षेत्रलाई प्रवर्द्धन गर्न सबै निर्माताहरू एकजुट हुनुपर्ने बताए ।

अध्यक्ष केसीले चलचित्र विकास बोर्डका लागि आवश्यक बजेट सरकारले दिन नसकेको गुनासो गरे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com