२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

प्रदेश १ : प्रचण्डका ज्वाइँसहित तीन मन्त्रीले लिए सपथ

प्रदेश १ : प्रचण्डका ज्वाइँसहित तीन मन्त्रीले लिए सपथ

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मन्त्रीमण्डल विस्तार गरेका छन् । माओवादी केन्द्रका दुईसहित तीन मन्त्रीले शुक्रबार सपथ ग्रहण गरेका हुन् ।

पुस २५ मा मुख्यमन्त्री कार्कीले मन्त्रिमण्डल गठनकै दिन मुख्यमन्त्री आलोपालोको माग गर्दै सरकारमा सहभागी नहुने अचानक निर्णय गरेको माओवादी केन्द्र ‘केन्द्रको सकारात्मक निर्देशन’ भन्दै सरकारमा गएको हो ।

माओवादीबाट केन्द्रीय सदस्य समेत रहेका तेह्रथुमबाट निर्वाचित दुर्गा प्रसाद चापागाईं र मोरङका जीवन आचार्यले मन्त्रीको सपथ लिएका हुन् । उनीहरुको कार्यबिभाजन भने तोकिएको छैन ।

बिहीबार दिनभर बसेको माओवादी केन्द्र प्रदेश १ को उच्च नेतृत्वसहितको बैठकले सरकारमा जाने निर्णय गरेको थियो । प्रदेश १ मा मुख्यमन्त्री नेकपा एमालेले पाउने गरी पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सत्ता साझेदार दल नेताहरुबीच भएको सहमति विपरित माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकार आलोपालोको माग गर्दै तत्काल सरकारमा नजाने घोषणा गरेका थिए ।

पार्टी अध्यक्ष प्रचण्डका ज्वाँई समेत रहेका आचार्यलाई मन्त्री बनाउन नहुने लविङ पार्टीभित्रै चलेपनि अन्ततः उनी मन्त्री बन्न सफल भएका हुन् । माओवादीभित्र आफ्नो समूह बलियो बनाउने नीति अनुसार दलका नेता आङ्बोले आफू निकटका संखुवासभाका राजेन्द्र कार्की र मोरङकै गणेश उप्रेतीलाई मन्त्री बनाउने रणनीतिमा लागेका थिए । तर पार्टी अध्यक्ष प्रचण्डकै निर्देशन अनुसार चापागाई र आचार्य मन्त्री बनेका हुन् ।

आङ्बो निकट उप्रेतीले भने आचार्य मन्त्री बन्ने बिषयमा सार्वजनिक रुपमै असन्तुष्टि पोखेर त्यसको पुष्टि गरेका छन् । उनले बिहीबार सामाजिक सञ्जालमार्फत आफ्नो नाम पार्टीको बैठकले मन्त्री पदका लागि एकमतले सिफारिस भएको तर आफूले सो जिम्मेवारी पाउन नसक्ने परिस्थिति सिर्जना भएको उल्लेख गरेका हुन् ।

यसैबीच नेकपा एमालेबाट मन्त्री बनेका राजभण्डारी सोलुखुम्बुबाट दोश्रो कार्यकालका लागि निर्वाचित सभा सदस्य हुन् । राजभण्डारी यसअघि संसदीय दलको प्रमुख सचेतक थिए । शुक्रबार राजभण्डारी, चापागाईं र आचार्यले सपथ लिएसँगै प्रदेश १ को मन्त्रिमण्डल सात सदस्यीय भएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com