२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

यती एयरलाइन्सको विमान दुर्घटनाका मृतकको शव आफन्तलाई बुझाउन सुरु

काठमाडौं । यती एयरलाइन्सको आइतबार पोखरामा भएको विमान दुर्घटनाका मृतकको शव आफन्तलाई बुझाउन सुरु गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमबार एक विज्ञप्तिमार्फत सो जानकारी गराएको हो ।

पोखरामा शव बुझ्न चाहने आफन्तजनलाई पोस्टमाटम पश्चाम शव बुझाउन सुरु गरिएको प्राधिकरणको भनाइ छ ।

प्राधिकरणका अनुसार कुल सवार ७२ मध्ये ६९ जनाको शव फेला परेको छ भने ४१ जनाको पहिचान भइसकेको छ । यस्तै थप सहजीकरणको लागि काठमाडौँबाट फरेन्सिक विज्ञ टोली पोखरा पुगेको पनि प्राधिकरणले जनाएको छ ।

yati

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com