२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

दिउँसो १ बजे मन्त्रीहरूको शपथ, ४ बजे सर्वदलीय बैठक

दिउँसो १ बजे मन्त्रीहरूको शपथ, ४ बजे सर्वदलीय बैठक

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्दै छन् । दिउँसो १ बजे शपथ खाने गरी मन्त्रिपरिषद् विस्तारको तयारी भइरहेको छ । मन्त्रालय भागवण्डाको टुंगो लागेसँगै दलहरू अहिले आ–आफ्नो पार्टीबाट मन्त्री बन्नेहरूको नाम टुंगो लगाउन व्यस्त छन् ।

हिजो बालुवाटारमा बसेको बैठकबाट सत्ता साझेदार दलहरूले राष्ट्रपतिदेखि सभामुख र मन्त्रीसम्मको भागवण्डा टुंगो लगाइएको छ । निर्णयअनुसार राष्ट्रपति पाँचै वर्ष एमाले र उपराष्ट्रपति पाँचै वर्ष माओवादीलाई दिइने छ ।

प्रधानमन्त्री र सभामुखमा भने आलोपालोको समझदारी जुटेको छ । पहिलो चरणमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री दिइएपछि सभामुख एमालेको भागमा परेको छ । अढाई वर्षपछि प्रधानमन्त्री एमालेले र सभामुख माओवादीले लिने गरी सहमति जुटाइएको छ । उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिइने भएको छ ।

मन्त्रालय भागवण्डा हुँदा एमालेले अर्थ, परराष्ट्र, रक्षा, भूमि सुधार, कृषि, स्वास्थ्य र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय पाएको छ । माओवादी केन्द्रले भौतिक पूर्वाधार, सञ्चार, पर्यटन र संघीय मामिला तथा सामान्य प्रशासन पाएको छ ।

रास्वपाले गृह, शिक्षा र श्रम मन्त्रालय पाएको छ भने राप्रपाले ऊर्जा, खानेपानी र युवा तथा खेलकुद मन्त्रालय पाएको छ । जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पाएको छ । जसपालाई शहरी विकाससहित दुई मन्त्रालय छुट्याइएको छ । तर उपराष्ट्रपति नपाएका कारण जसपा सरकारमा आउने सम्भावना कम छ ।

आज नियुक्त भएका मन्त्रीहरूले दिउँसो १ बजे शीतल निवासमा शपथ खाने तालिका छ । मन्त्रीहरूको शपथपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक बोलाएका छन् । अपराह्न ४ बजे बस्ने सर्वदलीय बैठकमा राष्ट्रपति र सभामुखको निर्वाचनबारे छलफल हुने भनिएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com