२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

प्रविधिको प्रयोगले मात्रै समृद्धिको लक्ष्य पूरा गर्न सकिन्छ : नवनियुक्त सञ्चारमन्त्री शर्मा

प्रविधिको प्रयोगले मात्रै समृद्धिको लक्ष्य पूरा गर्न सकिन्छ : नवनियुक्त सञ्चारमन्त्री शर्मा

नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बदलिँदो परिस्थितिमा सूचनारप्रविधिको भरपुर उपयोगले मात्रै सरकारको समृद्धिको लक्ष्य पूरा हुने बताएकी छन्।

सिंहदरबारमा आज पदभार ग्रहणपछि मन्त्रालयमा आयोजित कार्यक्रममा सञ्चारमन्त्री शर्माले सूचना प्रविधिको प्रयोगमा पछि परियो भने सुशासन तथा विकास निर्माण लगायतमा अवरोध हुनसक्नेतर्फ विशेष ख्याल गर्न मातहतका निकायलाई सुझाव दिइन्।

मन्त्री शर्माले हरेक ठाउँमा प्रविधिको प्रयोगका सन्दर्भमा मन्त्रालयबाट गर्ने सहजीकरणमा कुनै कमी नहुने स्पष्ट पारिन्।

राज्यका हरेक निकायमा सूचना प्रविधिको प्रयोग बढाउँदै सेवा प्रभावकारी बनाउनसके धेरै गुनासा आफैं समाधान भएर जाने मन्त्री शर्माको भनाइ थियो।

विगतमा सिंहदरबार भित्रैका मन्त्रालयमा फाइलहरू लैजान पनि महिनौंसम्म लाग्ने अवस्थाको अन्त्य गर्न पनि प्रविधिकै प्रयोग गर्नुपर्नेमा उनले जोड दिइन्।

उनले यो मन्त्रालय आफ्नो लागि नौलो भएको र धेरै कुराहरू सिक्नुपर्ने आवश्यकता रहेको बताइन्।

विगतमा भिन्न मन्त्रालयमा रहँदा मेहनतले नै महत्वपूर्ण काम भएको स्मरण गर्दै सञ्चारमन्त्री शर्माले भनिन्, एक व्यक्ति आफैं सफल र असफल हुन सक्दैन, त्यहाँ भित्रको समूह सक्षम तथा सहकार्य सकारात्मक भयो भने सबै सफल हुन्छ।

त्यसका लागि मन्त्रालयलगायत सबै निकायबाट साथ र सहयोग पाउने उनले विश्वास व्यक्त गरिन्।

उनले थपिन्, मन्त्रालयसँग सम्बद्ध शाखा, उपशाखा, बोर्ड, निकाय, संस्थान, प्रतिष्ठान विभागभित्रका समस्या के हुन्रु मन्त्रालयले गर्नुपर्ने कुरा के हो ? राम्रा कुरा के छरु गाँठो फुकाउनुपर्ने कुराहरू के छ ? सरकारका तर्फबाट के ध्यान दिनुपर्छ ? सबै विषयमा विशेष ढंगले सोच्नुपर्छ, त्यसमा मेरो ध्यान रहन्छ।

उनले सबैले तत्तत् ठाउँबाट गर्नुपर्ने कुराहरू के हुन्रु तोकिएका कुराहरू के छन्रु जानकारी गराउन अनुरोध गर्दै त्यसको गाँठो फुकाउन सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाइन्।

मन्त्री शर्माले मन्त्रालयसँग जोडिएको आमसञ्चारलाई व्यवस्थित र सकारात्मक बनाउने विषयमा पनि आफ्नो विशेष ध्यान रहने बताइन्।

उनले भनिन्, सँच्चिकै भन्ने हो भने सञ्चार जगतले सरकारका काम कारबाहीका कुरालाई सकारात्मक ढंगले ल्याउन सक्ने हो भने हामीले धेरै काम गर्न सक्ने छौं।

उनले आमसञ्चार क्षेत्रका समस्यालाई कसरी समाधान गर्ने भन्ने विषयमा पनि आफ्नो ध्यान रहेको बताइन्।

मन्त्रालयका सबै विभाग, निकायबाट राम्रा कामका साथै त्यहाँ रहेका समस्या र चुनौतीहरू के हुन्रु गर्न नसकेका काम के हुन्रु के गर्दा काम सम्पन्न गर्न सकिन्छरु भन्ने विषयलाई पनि समावेश गरी जानकारी गराउन मन्त्री शर्माले आग्रह गरिन्।

उनले सडक मार्गमासमेत सञ्चार सम्पर्क विच्छेद हुने भएकाले कम्तीमा पनि राजमार्गमा सञ्चार पहुँच सहज बनाउनुपर्नेमा जोड दिइन्। जहाँ सहज पहुँच पुगेको छ, त्यहाँको सेवा पनि प्रभावकारी नरहेकोतर्फ ध्यानाकर्षण गराउँदै मन्त्री शर्माले त्यसको समाधानका लागि पहल गर्न आग्रह गरिन्। रासस

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com