२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

बजारमा आयो प्रकाशको जङ्क्सन पिपलबोट

बजारमा आयो प्रकाशको जङ्क्सन पिपलबोट

काठमाडौँ । कवि तथा लेखक प्रकाश गुरागाईंको गैरआख्यान पुस्तक ‘जङ्क्सन पिपलबोट’ सार्वजनिक भएको छ । शनिबार थापागाउँस्थित मण्डला थिएटरमा गुरागाईंको यो पहिलो गैरआख्यान सार्वजनिक भएको हो ।

यसअघि कविता संग्रह ‘खुट्टामा श्रीपेच’ प्रकाशित गरेका गुरागाईंको ‘जङ्क्सन पिपलबोट’लाई कविद्वय पुरुषोत्तम सुवेदी र लक्ष्मी माली तथा मानवशास्त्री सुरेश ढकालले लोकार्पण गरेका थिए ।​

कार्यक्रममा बोल्दै टिप्पणीकारहरूले ‘जङ्क्सन पिपलबोट’ नयाँ सडकको इतिहासको महत्वपूर्ण दस्तावेज भएको बताएका थिए । उनीहरूले इतिहासलाई खोजेर पुस्तकका रूप दिन गरेको मेहनतका लागि लेखकलाई धन्यवाद समेत दिएका थिए ।

लेखक गुरागाईंले चार वर्षको मेहनतपछि पुस्तक तयार भएको जानकारी दिँदै वक्ताले औंल्याएका पुस्तकका कमीकमजोरी आगामी संस्करणमा सच्याउने प्रतिबद्धता पनि गरेका छन् ।

१६ शीर्षकमा छुट्टाछुट्टै आलेख समाविष्ट रहेको पुस्तक ‘जङ्क्सन पिपलबोट’ ३१६ पृष्ठको रहेको छ । फिनिक्स बुक्सले पुस्तक प्रकाशन गरेको छ । पुस्तकको मूल्य ४५० रुपैयाँ तोकिएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com