२०८१ बैशाख १२ - Wed Apr, 2024 -

Janasewa News

राष्ट्रपति चयन राष्ट्रिय सहमतिमै हुन्छ : नेता कोइराला

राष्ट्रपति चयन राष्ट्रिय सहमतिमै हुन्छ : नेता कोइराला

जनसेवा न्युज डटकम संवाददाता

नवपरासी । नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले नयाँ राष्ट्रपतिको चयन राष्ट्रिय सहमतिमै हुने बताएका छन् । आज यहाँ सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले देशको आगामी राष्ट्रपति राष्ट्रिय सहमतिमै चयन हुने दाबी गरेका हुन् ।

कांग्रेस नेतृत्वको सरकारले स्थानीय तह, प्रदेश र सङ्घीय निर्वाचन सफलतापूर्वक सम्पन्न गरेर संविधान कार्यान्वयनलाई मजबुत बनाएको र कांग्रेसको अबको ध्यान राष्ट्रपतिको निर्वाचनमा रहेको उनको भनाइ थियो । नेता कोइरालाले कांग्रेसको प्रस्तावमा अबको राष्ट्रपति राष्ट्रिय सहमतिमा चयन हुने विश्वास व्यक्त गरे ।
राष्ट्रिय सहमति बनाउन संसद्को ठूलो दल कांग्रेसले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिएकाले पनि अबको राजनीति राष्ट्रिय सहमतिको बाटोमा गएको उनको भनाइ थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com