२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

महराले पार्टी एकताका विषयमा छुट्टै प्रतिवेदन पेस गर्ने

महराले पार्टी एकताका विषयमा छुट्टै प्रतिवेदन पेस गर्ने

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं वार्ता टोलीका संयोजक कृष्णबहादुर महराले स्थायी कमिटी बैठकमा छुट्टै प्रतिवेदन पेस गर्ने भएका छन् । महराले पार्टी एकताका विषयमा विभिन्न शक्तिसँग भएको प्रगतिका विषयमा बैठकमा पेस गर्ने आमन्त्रित स्थायी समिति सदस्य पेशल खतिवडाले बताए ।

‘महराजीले वार्ता टोलीको संयोजकको रूपमा बैठकमा छुट्टै प्रतिवेदन पेस गर्नु हुने छ । उहाँले अहिलेसम्म कुन कुन शक्तिसँग कति छलफल भयो रु अवस्था के छ भन्ने विषयमा प्रतिवेदन पेस गर्ने तयारी छ,’ खतिवडाले भने । माओवादी स्थायी समिति बैठक बिहीबारदेखि बैठक चलिरहेको छ ।

माओवादी पदाधिकारी बैठकले गत पुस २३ गते महराको नेतृत्वमा वार्ता टोली गठन गरेको थियो । जसको सदस्यमा महासचिव देव गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, वर्षमान पुन र शक्तिबहादुर बस्नेत रहेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com