२०८१ बैशाख ११ - Tue Apr, 2024 -

Janasewa News

एमसिसी कार्यान्वयनमा नुल्यान्डको चासो

एमसिसी कार्यान्वयनमा नुल्यान्डको चासो

अमेरिकाकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले दुई दिने नेपाल भ्रमणका क्रममा आफ्नो देशको सहयोगमा सञ्चालित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी कम्प्याक्ट) सहितका परियोजनाको प्रभावकारी कार्यान्वयनका विषयमा चासो व्यक्त गरेकी छन्।

दुई दिने नेपाल भ्रमणका क्रममा आइतबार काठमाडौं आइपुगेकी नुल्यान्डले सोमबार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र परराष्ट्रमन्त्री विमला राई पौड्यालसहितका शीर्ष नेतासँगको भेटमा अमेरिकी सहयोगमा सञ्चालित परियोजनाको पारदर्शी र प्रभावकारी कार्यान्वयनमा जोड दिएकी हुन्।

दाहाल नेतृत्वको सरकार गठन भएपछि नेपाल भ्रमणमा आएकी उच्चअधिकारी नुल्यान्डले शीर्ष नेतासँगको भेटपछि पाटन दरबार क्षेत्रमा आयोजना गरिएको पत्रकार सम्मेलनमा एमसिसी परियोजना नेपाली जनताको हितमा भएकाले यसको कार्यान्वयन महत्वपूर्ण रहेको बताइन्।

‘धेरै अमेरिकी नेपालमा लगानी गर्न इच्छुक छन्,’ उनले भनिन्, ‘यहाँ उनीहरूलाई लगानीमैत्री वातावरण कसरी बनाउन सकिन्छ भन्नेबारे पनि हामीले छलफल गर्‍यौं।’ नेपाली नेतासँगको भेटका क्रममा चार विषयमा कुरा गरेको जनाउँदै नुल्यान्डले नेपाल दुई ठूला छिमेकी चीन र भारतबीच रहेको भन्दै मुलुकको हितमा प्रयोग गर्न पनि सुझाएकी छन्।

भारतसँग अमेरिकाको सुमधुर सम्बन्ध रहेको र चीनसँगको सम्बन्ध सुधारमा पनि बाइडेन प्रशासन लागिरहेको बताइन्। ‘यी दुई ठुला मुलुकसँगको भूराजनीतिभन्दा पनि हामी नेपालले आफ्नो हितका विषयमा सार्वभौम निर्णय गरोस् भन्ने चाहन्छौं,’ उनले भनिन्। यो समाचार नागरिक दैनिकमा छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com